बेलायतमा कार बिक्रीमा व्यापक गिरावट

मोटर निर्माण कम्पनीको तथा व्यापारीहरूको समूह, द सोसाइटी अफ मोटर म्यानुफ्याक्चरर्स एण्ड ट्रेडर्स, ले सोमबार दिएको जानकारीमा गत वर्ष बेलायतमा कार बिक्रीमा छ दशमलव आठ प्रतिशतले गिरावट आएको छ । 

लण्डन, बेलायत : कार बिक्रीमा सन् २०१८ मा व्यापक दरमा गिरावट आएको बेलायतको कार कम्पनीको एउटा प्रचार समूहले जानकारी गराएको छ । यो गिरावट एक दशक पहिले देखिएको विश्वव्यापी आर्थिक मन्दीपछि आएको सवैभन्दा उच्च गिरावट हो ।

मोटर निर्माण कम्पनीको तथा व्यापारीहरूको समूह, द सोसाइटी अफ मोटर म्यानुफ्याक्चरर्स एण्ड ट्रेडर्स, ले सोमबार दिएको जानकारीमा गत वर्ष बेलायतमा कार बिक्रीमा छ दशमलव आठ प्रतिशतले गिरावट आएको छ ।

अघिल्लो वर्ष २० लाख ३७ लाख कारको बिक्री भएको थियो । बिक्रीमा सन् २०१८ मा देखिएको गिरावट सन् २००८ पछि कै सबैभन्दा बढी हो । एक दशक पहिले विश्वव्यापी रूपमा आएको आर्थिक मन्दीको प्रभाव बेलायती अर्थतन्त्रमा पनि देखिएको थियो ।

समूहका प्रमुख कार्यकारी माइक हावेसले भने, “उपभोक्ताको लगानी गर्ने आत्मविश्वासमा कमी, आर्थिक वर्षको अस्पष्टता, नीतिगत सन्देशहरू र उच्च समस्याग्रस्त बजारमा नियमनकारी कानूनको परिवर्तनले कारको कारोबारमा कमी आएको हो ।”

ब्रेक्जिटबारेको अनिश्चिततालाई प्रत्यक्ष दोष नलगाइकनै हावेसले भने, “यो तथ्याङ्क नीतिनिर्माताका लागि सचेत बनाउन एउटा सन्देशका रूपमा आएको छ ।” रासस/एपी