क्यानले यस पटकको मेलामा शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटनका क्षेत्रमा प्रयोग भएका नयाँ प्रविधिसमेत समावेश गर्ने भएको छ । त्यस्तै सफ्टवेयर, सुरक्षा उपकरण तथा नेपाली प्राविधिकले विकास गरेका प्रविधि पनि प्रदर्शनीमा राखिने क्यानले जनाएको छ ।
आगामी माघ १५ गतेदेखि २० गतेसम्म कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) इन्फोटेक हुने भएको छ । ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा’ नाममा ६ दिनसम्म चल्ने उक्त मेलामा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि तथा उपकरणको अवलोकन तथा खरिद गर्न पाइने छ ।
क्यानले यस पटकको मेलामा शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटनका क्षेत्रमा प्रयोग भएका नयाँ प्रविधिसमेत समावेश गर्ने भएको छ । त्यस्तै सफ्टवेयर, सुरक्षा उपकरण तथा नेपाली प्राविधिकले विकास गरेका प्रविधि पनि प्रदर्शनीमा राखिने क्यानले जनाएको छ । २५ औं संस्करणको क्यान इन्फोटेकको मुख्य प्रायोजक सुबिसु केबलनेट प्रालि हो भने एसोसिएट प्रायोजन ई सेवाले गरेको छ ।
मेलामा एक सय ७५ ओटा स्टल रहने क्यानको भनाइ छ । प्रदर्शनीमा हार्डवेयर सेल्स, मेन्टिनेन्स, पावर, सोलुसन, मोबाइल एसेसरिज, डिलर, डिस्ट्रिब्युटर्स, इन्टर्नेट सेवाप्रदायक, टेलिकम्युनिकेसन, आईसीटी कलेज तथा ट्रेडिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन, पेमेन्ट सोलुलसनलगाएतका स्टल रहने छन् ।
मेलामा टिकटका लागि अनलाइन सेवाको पनि व्यवस्था गरिएको छ । क्यान इन्फोटेक अवलोकनको टिकट ई सेवाको साइटमा गएर बुकिङ गर्न सकिने छ ।