ब्लकलाई सिमेन्टमा आधारित एड्हेसिभ ‘ज्वाइन्टिङ केमिकल’ले जोड्न सकिने हुँदा गारो लगाउँदा सिमेन्ट र बालुवामा हुने खर्च बचत गर्न सकिन्छ । आवासीय घर, कार्यालय भवन, बहुचल्ले भवन, व्यापारिक कम्प्लेक्स, अस्पताल, विद्यालय, होटल जस्ता संचरना निर्माणमा यसको प्रयोग गर्दा इँटाको लागत २० प्रतिशत हाराहारीमा र श्रमिक खर्च ५० प्रतिशतभन्दा बढी घटाउन सकिने कम्पनीको दाबी छ ।
निर्माण लागत ३० प्रतिशत घटाउने एएसी ब्लक नेपाली बजारमा आएको छ । भारतीय कम्पनी क्रिस ह्वाइट ब्रिक्स एलएलपि घर, भवन जस्ता संरचनाको लागत ३० प्रतिशतभन्दा बढीले कटौती गर्ने तर परम्परागत इँटाको तुलनामा निकै बलियो एरेटेड कंक्रिट सेल्युलर (एएसी)ले ब्लक नेपाली बजारमा ल्याएको हो । रातो इँटामा जस्तो खेर जाने प्रतिशत यसमा लगभग शून्य हुने हुँदा पैसा हालेर किनेको सामान त्यसै फाल्नुपर्ने बाध्यता ग्राहकलाई रहँदैन ।
ब्लकलाई सिमेन्टमा आधारित एड्हेसिभ ‘ज्वाइन्टिङ केमिकल’ले जोड्न सकिने हुँदा गारो लगाउँदा सिमेन्ट र बालुवामा हुने खर्च बचत गर्न सकिन्छ । आवासीय घर, कार्यालय भवन, बहुचल्ले भवन, व्यापारिक कम्प्लेक्स, अस्पताल, विद्यालय, होटल जस्ता संचरना निर्माणमा यसको प्रयोग गर्दा इँटाको लागत २० प्रतिशत हाराहारीमा र श्रमिक खर्च ५० प्रतिशतभन्दा बढी घटाउन सकिने कम्पनीको दाबी छ ।
यो ब्लकले संरचना तयार गर्दा भित्री भागमा प्लास्टर गर्नु पर्दैन ।
यसो हुँदा भित्री प्लास्टरमा लाग्ने सामान र श्रमिक खर्च जोगिन्छ । बाहिर पनि १० एमएम मात्र प्लास्टर गरे पुग्ने भएकोले प्लास्टरमा प्रयोग हुने सिमेन्ट, बालुवा र श्रमिक खर्च जोगिन्छ । गारोले कम स्पेस ओगट्ने हुँदा यो ब्लक प्रयोग भएको भवनका कोठा तुलनात्मक रुपमा फराकिला हुन्छन् ।
यसको प्रयोग गर्दा भवनको भार २० प्रतिशत कम हुने पुष्टि भएको छ । स्टिल लागत पनि २० प्रतिशतले कटौती गर्न सकिन्छ । कम भार भएका भवनहरु भूकम्पीय जोखिमको हिसाबले सुरक्षित मानिन्छन् ।
एएसी ब्लकको थर्मल कन्डक्टिभिटी रातो इँटाको केडब्लु–एम÷सी ०.८१ को तुलनामा निकै कम अर्थात २० प्रतिशत मात्र हुने र यसमा रहेको वायु छिद्रले उच्चस्तरीय थर्मल इन्सुलेसन प्रदान गर्ने हुँदा एयर कन्डिसनसर सञ्चालनमा खर्च हुने बिलुलीको बिल ३० प्रतिशतले घटाउन सकिने दाबी छ । यसको थर्मल कन्डक्टिभिटी केडब्लु–एम÷सी ०.१६ मात्र हुन्छ ।
अग्ला भवनहरुको माथिल्ला तलाको गारोमा देखिने ओसिलोको समस्या नल्याउने यो ब्लक प्रयोग गर्दा प्लास्टरपछि १५ दिनसम्म नियमित क्युरिङ गर्नुपर्ने झन्झट पनि हुँदैन । आगो प्रतिरोधी यो ब्लकमा आवाज सोस्ने क्षमता पनि परम्परागत रातो इँटाको तुलनामा बढी हुन्छ । त्यस्तै, परम्परागत इँटाको तुलनामा यस ब्लकमा आगलागी थेग्न सक्ने क्षमता पनि तीन दोब्बर हुन्छ ।
एएसी ब्लक प्रयोग गरिएको भवनको भार कम हुने हुँदा भूकम्पप्रतिरोधी संरचना निर्माणमा यसलाई अब्बल मानिन्छ । यो रातो इँटाभन्दा तीन गुणा हलुका हुन्छ । यसले भवनको भार मात्र घटाउँदैन ढुवानी लागत पनि कम पर्न आउँछ । यो ब्लक प्रयोग गर्दा भवनको समग्र भार ३० प्रतिशतभन्दा बढीले कम हुन्छ । भार कम हुने कारण बहुतल्ले र अग्ला भवन निर्माणमा यसलाई उत्कृष्ट मानिन्छ ।
प्वाल खोप्न, काट्न, किलो ठोक्न र आफूले चाहेको साइज तयार गर्न निकै सजिलो हुँदा एएसी ब्लकलाई डकर्मीहरुले पनि निकै रुचाएका छन् । यसको प्रयोग गर्दा संरचना निर्माणमा लाग्ने समय २० प्रतिशभन्दा बढीले घट्छ । यसको नजल्ने गुणले गर्दा भूकम्प, आगलागी जस्ता विपत्तिको बेला यसले अतिरिक्त सुरक्षा प्रदान गर्दछ । यसको मेल्टिङ प्वाइन्ट २९०० फरेनहाइट हुन्छ, जुन भवनमा आगलागी हुँदा निस्कने ताप १२०० फरेनहाइटको तुलनामा दोब्बरभन्दा पनि धेरै हो ।