बुधबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढा नेतृत्वको टोलीले सूचना, प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटासँगको भेटमा यो विषय अगाडि सारेका थिए ।
सूचना तथा सञ्चर मन्त्रालयले देशभरका स्थानीय तहमा सूचना प्रविधिको पहुँच पुर्याउने योजना सेलाउन नपाउँदै डोल्पामा फोन गर्न दुई दिन पैदल हिड्नुपर्ने पाइएको छ ।
बुधबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढा नेतृत्वको टोलीले सूचना, प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटासँगको भेटमा यो विषय अगाडि सारेका थिए ।
सञ्चार मन्त्रालयमा राज्यमन्त्री बुढाले सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटालाई मागपत्र पत्रसमेत बुझाउँदै समस्या समाधान गर्न माग गरेका थिए ।
डोल्पामा टेलिफोनको समस्या समाधानको माग लिएर जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढा, शे फोक्सुन्डो गाउँपालिकाका अध्यक्ष टासी डुन्डु गुरुङसहितको टोली सिंहदरबार पुगेको थियो ।
टोलीले ७७ जिल्लामध्ये सबैभन्दा दुर्गम डोल्पा जिल्ला रहेको भन्दै २१ औं शताब्दीमा पनि सञ्चार माध्यमको पहुँच पुग्न नसकेको गुनासो गर्दै कुनैपनि हालतमा सञ्चार पहुँच पुर्याउन माग गरेका थिए ।
सञ्चारमन्त्री बास्कोटाले भने त्यस ठाउँमा अत्यधिक चिसो भएकाले केही समय छि डोल्पाका गाउँपालिका र वडा कार्यालयमा इन्टरनेटको सुविधा पुर्याउने बताउँदै ल्यापटप, डेस्कटकसहित एउटा प्रिन्टर मेसिन पनि उपलब्ध हुने जनाए । अर्को वर्षको जेठ असारमा काम सक्ने उनको भनाइ छ ।