ओपो एफनाइनको जेड ग्रिन एडिसन सार्वजनिक

फोनको अघिल्तिर डिस्प्लेको माथिल्लो भागमा ओपोको सिग्नेचर वाटरड्रप (पानीको थोपा) झैँ देखिने नोचको ब्यवस्था गरिएको छ । एफनाइनमा ९०.८ प्रतिशत डिस्प्ले ओगट्ने गरी यस श्रेणीको फोन मध्यकै उच्च स्क्रिन टू बडी रेसियोको प्रयोग गरिएको छ ।

ओप्पोले ओपो एफनाइनको जेड ग्रिन लिमिटेड एडिसन सार्वजनिक भएको छ । कम्पनीले यहि जनवरी महिना भित्र एफनाइन जेड ग्रिन लन्च भएको हो ।

हरियो, सेतो र सुनौलो रंगको सम्मिश्रण सहित सार्वजनिकको तयारीमा रहेको जेड ग्रिन वास्तवमै निकै आकर्षक छ । तर, एफनाइनका अघिल्ला संस्करणमा झै यसमा भने फोनको पछिल्तिर डायमण्ड प्याटर्नको प्रयोग नगरिएको झैँ देखिएको छ ।

फोनको अघिल्तिर डिस्प्लेको माथिल्लो भागमा ओपोको सिग्नेचर वाटरड्रप (पानीको थोपा) झैँ देखिने नोचको ब्यवस्था गरिएको छ । एफनाइनमा ९०.८ प्रतिशत डिस्प्ले ओगट्ने गरी यस श्रेणीको फोन मध्यकै उच्च स्क्रिन टू बडी रेसियोको प्रयोग गरिएको छ ।

फोनको प्यानललाई कोर्निङ गोरिल्ला ग्लास ६ मार्फत सुरक्षा प्रदान गरिएको छ । कम्पनीको दावी अनुसार गोरिल्ला ग्लास ५का तुलनामा ६ले दोब्बर सुरक्षा प्रदान गर्ने क्षमता राख्छ । फोनमा रहेको नोचमा सेल्फीका लागि २५ मेगापिक्सेलको क्यामेरा र पोट्र्रेर तथा बोके शट्सका लागि १६ एमपीका साथमा २ एमपी डेप्थ सेन्सर सहितका क्यामेराको ब्यवस्था गरिएका छन् ।

ओपो एफनाइनमा कम्पनीले प्रोशेसरका रुपमा ४ जीबी ¥याम र ६४ जीबी रोमका साथमा मिडियाटेक हिलियो पी ६० उपलब्ध गरिएको छ ।

फोनको निरन्तर प्रयोगमा सघाउने सोचका साथ कम्पनीले यसमा भोक फास्ट चार्जिङ प्रविधि सपोर्ट गर्ने ३ हजार ५ सय एमएएच क्षमता सहितको ब्याट्री जडान गरेको छ । यसले मात्र ५ मिनेटको चार्जमा २ घण्टाको टक टाइम दिने क्षमता राख्छ ।