नयाँ युवा पुस्तालाई लक्षित गरी तथा अफरोड राइडिङका लागि उपयुक्त सो बाइक एड्भेन्चर मन पराउनेहरुका लागी लोकप्रिय छ । २५० सीसीको सो बाइकमा ईएफआई फोर भल्व बिग बोर वाटर कुल्ड इन्जिन छ । कायोकै फ्रेम रहेको सो बाइकमा ६–स्पिड गियरबक्स उपलब्ध छ ।
काठमाडाैं : नेपाली बजारमा महिनै पिच्छे फरक फरक कम्पनीका डर्टबाइक भित्रिँदै गएका छन् । यसै क्रममा नेपाली बजारमा बीएसई इन्टरनेसनलले पेरुको मोटरसाइकल कम्पनी कायो के सिक्सको डर्ट तथा मोटार्ड बाइक नेपाल भित्र्याएकाे छ ।
नयाँ युवा पुस्तालाई लक्ष्य गरी तथा अफरोड राइडिङका लागि उपयुक्त सो बाइक एड्भेन्चर मन पराउनेहरुका लागि लोकप्रिय छ । २५० सीसीको सो बाइकमा ईएफआई फोर भल्व बिग बोर वाटर कुल्ड इन्जिन छ । कायोकै फ्रेम रहेको सो बाइकमा ६–स्पिड गियरबक्स उपलब्ध छ ।
त्यसैगरी अपसाइड डाउन फ्याक्ट्री फोर्क्स छ । कायो बाइकको सिट हाइट ९५५ एमएम छ ।
बाइकमा ५२० एचडी चेन, एचडी स्विङग्राम, बल बेरिङ स्विङग्राम, सफ्ट रबर ग्रिप आदि फिचर उपलब्ध छन् ।
गत शनिबार त्रिशूली रिभरसाइड रिसोर्टमा आयोजित बाइकर्स नाइट आउटमा सो बाइक लन्च भएको हो । बाइकको मूल्य ७ लाख ८५ हजार रुपैयाँ तोकिएको छ ।