उखुको मूल्यमा एकरुपता ल्याउनुपर्ने चिनी उद्योगीको माग

सरकारले उखुको समर्थन मूल्य ४७१ रुप्ैयाा तोकेपनि उखु उत्पादन हुने जिल्लामा भने उखु उतपादन औसत लागतमा अन्तर देखिएको एक अध्ययनले देखाएको थियो । एक अध्ययनका आधारमा उखुको औसत उत्पादन लागत दुइथरी देखिएपछि चिनी उद्योगीले मूल्यमा एकरुपता ल्याउनुपर्ने भन्दै सरकारसँग माग गरेका हुन् ।

काठमाडौं । सरकारले लागू गरेको उखुको मूल्यमा एकरुपता ल्याउन चिनी उद्योगी माग गरेका छन् । सरकारले उखुको समर्थन मूल्य ४७१   रूपैयाँ तोकेपनि उखु उत्पादन हुने जिल्लामा भने उखु उतपादन औसत लागतमा अन्तर देखिएको एक अध्ययनले देखाएको थियो । एक अध्ययनका आधारमा उखुको औसत उत्पादन लागत दुइथरी देखिएपछि चिनी उद्योगीले मूल्यमा एकरुपता ल्याउनुपर्ने भन्दै सरकारसँग माग गरेका हुन् ।
यसअघि एक अधययनले उखु उत्पादन हुने जिल्लामा उखुको औसत उत्पादन लागत प्रतिक्विन्टल ३१७ रुपैया रहेको देखाएको थियो । मुलुकभर उखुको समर्थन मूल्यमा एकरुपता आउनुपर्ने आफुहरुको माग रहेको चिनि उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले जानकारी दिए ।
अहिले पश्चिम नेपालका दुइ ठूला चिनी उद्योग महाकाली र भागेश्वरी चिनी उद्योगले किसानबाट सस्तोमा उखु खरिद गर्ने गरेको उनले बताए । ‘हामीहरुले मुलुकभर उखुको मुल्यमा एकरुपता हुनुपर्छ भनेर वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रस्ताव पठाएका छौं’ उनले भने, ‘अहिले पश्चिमका ठूला चिनी उद्योगीहरुले किसानसँग सस्तोमा उखु किनेर महङ्गोमा चिनि उत्पादन लागत देखाउने गर्छन ।’

चिनी उद्योगीहरुले पनि उखु खरिद मुल्यमा एकरुपता ल्याउनुपर्ने आवश्यकता रहेको अग्रवालको भनाइ छ । यस अघि उखु उत्पादन हुने विभिन्न जिल्लामा उखुको औसत उत्पादन लागत मूल्य फरक फरक हुने गरेको थियो ।