हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, उपराष्टपति पुनले उद्घाटन गर्ने

दुई दिन सम्म चल्ने एक्स्पो सय भन्दा बढी स्टल रहने छन् । उक्त एक्स्पोमा  १ लाख बढी दर्शकले अवलोकन गर्ने विहिवार पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ ।

काठमाडौ । आगामी माघ ४ गतेदेखि ६ गतेसम्म भृकुटीमण्डप परिशरमा हुने हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा भएको छ । दुई दिन सम्म चल्ने एक्स्पो सय भन्दा बढी स्टल रहने छन् । उक्त एक्स्पोमा  १ लाख बढी दर्शकले अवलोकन गर्ने विहिवार पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान) र एक्स्पो एण्ड इभेन्ट मेनेजमेन्ट सर्भिसेज प्रालिले सयुंक्त रुपमा आयोजना गर्ने एक्स्पोमा स्वदेशी तथा विदेशी प्रदशर्कहरुको सहभागिता हुने भएको हो । खासगरी चीन, भारत, अष्ट्रिया, कोरिया, स्वीडेन, जर्मनी, बुलगेरिया तथा बेलायत लगायतका मुलुकका जलविद्युत् क्षेत्रसँग सम्वन्धित कम्पनीहरु एक्स्पोमा सहभागी हुने इप्पान नेपालका अध्यक्ष शैलेन्द्र गुरागाइले जानकारी दिए ।

आधुनिक सोलार प्रणाली, विद्युत्तीय सवारी साधन, हाइड्रो मेकानिकलका साथै आधुनिक निर्माण उपकरण, टनेलिंग उपकरणका क्षेत्रमा प्रख्यात भोईथ लगायतका प्रदर्शक आकर्षकका रुपमा रहने जनाइएको छ ।

एक्स्पोमा सहभागी भएर जलविद्युत् आयोजना अवलोकन गर्न चाहनेलाई हेलिकप्टरमार्फत दोर्दी करिडोर, माथिल्लो मस्र्याङ्दी, सोलु करिडोर लगायतका स्थानमा निर्माणधीन आयोजनाको स्थलगत अवलोकन गर्न सकिने भएको हो ।  एक्स्पोको माघ ४ गते उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम छ ।