दिगम्बर झाको राजिनामा स्वीकृत

नेपाल दूरसंचार प्राधिकरणका तत्कालिन अध्यक्ष दिगम्बर झाले दिएको राजीनामा सरकारले स्विकृत गरेको छ । तेस्रो पटक नियुक्ती पाएपछि निकै विवादमा आएका झाले दिएको राजीनामा मन्त्रीपरिषदको १९ गतेको बैठकले स्वीकृत गरेको हो ।
यसको लागि सरकारले दूरसंचार नियमावलीमा संसोधन गरिसकेको छ भने सो को बारे संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नियमित पत्रकार सम्मेलनमा बिहिबार जानकारी दिए ।