यस्तो छ चालकबिनै चल्ने बीएमडब्ल्यूको आर १२५० जीएस बाइक (भिडियो सहित)

कन्ज्युमर इलेक्ट्रिक शो (सीईएस) २०१९ मा बीएमडब्ल्यूले आफ्नो नयाँ मोटरबाइक आर १२५० जीएसको नेभिगेसन रेस ट्रयाक सार्वजनिक गरेको भिडियोमा आश्चर्यजनक प्रविधि देखाएको थियो ।

काठमाडौं : बीएमडब्ल्यूले बिनाचालक चल्ने बाइक सार्वजनिक गरेको छ । कन्ज्युमर इलेक्ट्रिक शो (सीईएस) २०१९ मा बीएमडब्ल्यूले आफ्नो नयाँ मोटरबाइक आर १२५० जीएसको नेभिगेसन रेस ट्रयाक सार्वजनिक गरेको भिडियोमा आश्चर्यजनक प्रविधि देखाएको थियो ।

बाइकमा अत्याधुनिक प्रविधि राखिएको छ । जसको नाम जाइरोस्कोप हो । यस प्रविधिले बाइकलाई सही मार्गमा घुमाउन तथा मोड्न सहयोग गर्छ ।

विभिन्न विद्युतीय सामानको प्रदर्शनी हुने सीईएस २०१९ मेला हाल अमेरिकाको लस भेगासमा चलिरहेको छ ।