आईडीपीको सबैभन्दा ठूलो अस्ट्रेलियन शैक्षिक मेला आयोजना हुँदै

काठमाडौं । उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श सञ्चालन गर्दै आएको आईडीपीले अष्ट्रेलिया शैक्षिक मेला जनवरी १३ मा ११ बजे देखि साझ ४ बजेसम्म काठमाडौँमा आयोजना गर्ने भएको छ ।

राजधानीमा हुने मेला अस्ट्रेलियाका राजदूत पिटर बडबाट उद्घाटन हुने छ । मेलामा अस्ट्रेलियाका ३० वटा शैक्षिक संस्था सहभागी हुने भएका छन् ।

अष्ट्रेलियन शिक्षालाई प्रवर्धन गर्दै आएको आईडीपीले विद्यार्थीहरुले आवेदन दस्तुर अधित्याग विभिन्न किसिमका छात्रवृत्ति र अन्य “फर्स्ट ह्याण्ड ईन्फरमेसन” पाउनका निम्ति मेलाको आयोजना गर्ने भएको छ । मेलाको माध्यमबाट आईडीपीले विद्यार्थीहरुलाई अष्ट्रेलियाका शिक्षा प्रणाली, अध्ययनका अवसर तथा चुनौतिहरु र प्राप्त योग्यताको भावि सम्भावना जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नेछ ।

साथै अष्ट्रेलियाका विभिन्न शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँच, अध्ययनका लागि लाग्ने लागत लगायतका विषयमा परामर्श सेवा प्रदान गर्ने प्रयोजनका लागि उक्त मेला आयोजना हुने भएको छ ्र

उक्त मेलामा आईडीपी नेपालले १० जना योग्य र महत्वाकाँक्षी विद्यार्थीहरुलाई कुल अस्ट्रेलियन डलर ५०,०००, एक जना विद्यार्थीलाई अस्ट्रेलियन डलर ५,००० हुन आउने सम्मको आन्तरिक छात्रबृती सम्बन्धि जानकारी, तरिका र अन्य काउन्सेलिङ्गको जानकारी गराउने छ ।

विदेशस्थित शिक्षण संस्थामा शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि चाहिने सम्पूर्ण सेवा र सुविधा व्यवस्थित र सरलीकृत गर्ने गराउने प्रयोजनकातर्फ हेरिने जुन दृष्टीकोण छ त्यसलाई सहज र सरल बनाउने, नेपाली विद्यार्थीहरुलाई विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावी सम्भावना एवं अवसरहरु जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नुका साथै विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने सम्पूर्ण सेवा सुविधा नेपाली विद्यार्थीहरुको पहुँचको लागि परामर्श सेवा प्रदान गर्नु आईडीपी र उक्त मेला को मूल उद्देश्य रहेको” भनि दक्षिण एसियाका क्षेत्रीय निर्देशक पियुष कुमारले बताएका छन् ।

“आईडीपी को अष्ट्रेलियन शैक्षिक मेलाले हरेक सहभागी विद्यार्थीलाई धेरै वटा शैक्षिक संस्थाका विक्लपहरु दिने र ती संस्था संग जाने देशको शिक्षा नीति, भाषा, अध्ययनका लागि चाहिने न्यूनतम योग्यता, छात्रवृत्ति, भर्ना हुने समय, लागत खर्च लगायतका विषयमा प्रत्यक्ष जानकारी लिन सक्ने अवसर एकै ठाउँबाट प्रदान गर्ने छ” भनि आईडीपी एजुकेसन स्टुडेण्ट सर्विसेस नेपाल प्रालिका कन्ट्री मानेजर अभिषेक श्रेष्ठले बताएका छन् ।

अन्तराष्ट्रिय परामर्श सेवा प्रदान गर्दै आइरहेको आईडीपीले यस जनवरी १३ मा आयोजना हुन गैरहेको अस्ट्रेलियन एजुकेशन मेला २०१९ मा इच्छुक नेपाली विद्यार्थीहरुलाई देहायका ३० वटा अस्ट्रेलियन शैक्षिक संस्थाहरुसंग प्रत्यक्ष अन्तरक्रिया गर्ने मौका प्रदान गर्ने भएको छ ।