सूचीकृत कम्पनीलाई नेप्सेले दियो ‘ग्रेड’, बैङ्क तथा बिमा कम्पनी चौथोमा

वर्गीकरण पाएका २ सय २ सूचीकृत कम्पनीमध्ये २८ कम्पनीले तेस्रो ग्रेड पाएका छन् । त्यसबाहेकका १ सय ७४ कम्पनी चौथो समूहमा छन् । तेस्रो समूह ‘जी’मा परेका सबै कम्पनी जलविद्युत् तथा लघुवित्त कम्पनी मात्र छन् । त्यसमधये दुईबाहेक अन्य कम्पनी चौथो तथा अन्तिम समूह ‘जेड’मा समेटिएका हुन् ।

काठमाडौं : सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीलाई चार समूहमा वर्गीकरण (ग्रेडिङ) गरेको छ । सूचीकृत सम्पूर्ण कम्पनीहरुलाई नेप्सेले ४ समूहमा ग्रेडिङ गरेको हो, जसमध्य सुरुवाती दुई समूहमा कुनै पनि कम्पनीको नाम छैन । सूचीकृत भई कारोबार भइरहेका सबै कम्पनीले चारमध्ये तेस्रो र चौथो ग्रेड पाएका हुन् ।

सेयर बजारमा ८० प्रतिशत हिस्सा ओगटेका बैङ्क तथा वित्तीय संस्थाले चौथो ग्रेड पाएका छन् । नेप्सेले गरेको वर्गीकरणअुनसार बैङ्किङ, फाइनान्स, व्यापार, उत्पादनमूलक, बिमालगायतका कम्पनीले चौथो ग्रेड पाएका हुन् । पहिलो र दोस्रो ग्रेडमा ‘क’ र ‘ख’ समूहमा कुनै पनि कम्पनी अटाएका छैनन् । नेप्सेका अुनसार अधिकांश कम्पनीले ‘जेठ’ समूहको वर्गीकरण पाएका छन् ।

वर्गीकरण पाएका २ सय २ सूचीकृत कम्पनीमध्ये २८ कम्पनीले तेस्रो ग्रेड पाएका छन् । त्यसबाहेकका १ सय ७४ कम्पनी चौथो समूहमा छन् । तेस्रो समूह ‘जी’मा परेका सबै कम्पनी जलविद्युत् तथा लघुवित्त कम्पनी मात्र छन् । त्यसमधये दुईबाहेक अन्य कम्पनी चौथो तथा अन्तिम समूह ‘जेड’मा समेटिएका हुन् ।

धितोपत्र सूचीकरण २०७४ को विनिमय ११(६) मा यस्तो छ व्यवस्था

चुक्ता पुँजी कम्तीमा एक अर्ब रुपैयाँ, धितोपत्र सूचीकरण गराएको कम्तीमा ३ वर्ष पूरा भएको तीन आर्थिक वर्षदेखि लगातार नाफामा रही लाभांश वितरण गरेको, क्रेडिट रेटिङ संस्थाबाट औसत वा सोभन्दा माथिको रेटिङ पाएको, नियमनकारी निकायले तोकेको ढाँचामा वित्तीय विवरण राखेको, आर्थिक वर्ष समाप्त एको ६ महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न गरेका कम्पनी समूह ‘क’मा रहनेछन् ।

चुक्ता पुँजी कम्पतीमा ५० करोड रुपैयाँ भएको, धितोपत्र सूचीकरण गराएको, कम्तीमा तीन वर्ष भएको, विगत तीन वर्षमा कम्तीमा दुई वर्ष नाफा कमाएको, क्रेटिङ रेटिङ संस्थाबाट कम्तीमा औसतभन्दा एक मुनिको रेटिङ प्राप्त गरेको तथा आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारणसभा सम्पन्न गरेका कम्पनी समूह ‘ख’मा रहनेछन् ।

त्यसैगरी खण्ड (क) र (ख) मा जुनसुकै कुरा लेखिएको भए तापनि सूचीकृत भएको २ वर्ष पूरा नभएका कम्पनी समूह ‘जी’ तथा खण्ड (क), (ख) र (ग) बमोजिमको वर्गीकरणमा नपरेका सूचीकृत कम्पनी समूह ‘जेड’मा रहनेछन् ।