यस्तो छ हार्ले डेभिड्सनको पहिलो इलेक्ट्रिक बाइक, नेपालमा आउला ?

कम्पनीले इटालीको मिलानमा भएको इकामा मोटर शो २०१८मा लाइभ वायरलाई सार्वजनिक गरेको थियो । बाइकमा कम्पनीले क्लचविनै बजारमा उतारेको हो । यसमा ४.३ इन्चको टचस्क्रिन कन्सोल लगाइएको छ ।

हार्ले डेभिडसनले कम्पनीको पहिलो इलेक्ट्रिक बाइक सोकेस गरेको छ । अमेरिकी बाइक निर्माता कम्पनीले उक्त बाइकको नाम लाइभ वायर दिएको छ । यसको टपस्पिड क्षमता १७७ किलाेमिटर प्रतिघन्टा रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले इटालीको मिलानमा भएको इकामा मोटर शो २०१८मा लाइभ वायरलाई सार्वजनिक गरेको थियो । बाइकमा कम्पनीले क्लच विनै बजारमा उतारेको हो । यसमा ४.३ इन्चको टचस्क्रिन कन्सोल लगाइएको छ ।

स्ट्रिट फाइटर मोटरसाइकलका रुपमा परिचित यो माडेलले ३.५ सेकेन्डको समयावधिमा शून्यदेखि १०० किलोमिटरको रफ्तार लिन्छ । कम्पनीको यो मोडलको मूल्य २९ हजार ७ सय ९९ डलर तोकेको छ ।