प्रधानमन्त्री ओलीले भने, ‘यो प्रक्रिया गलत भयो, यसरी तत्काल चलिरहेको कुरालाई रोक्नु ठिक होइन । नियम नभए नियम बनाऔं तर तत्काल नरोक्न सम्बन्धित निकायलाई निर्देशन दिन्छुु ।’
प्रधानमन्त्री केपीशर्मा ओलीले टुटल र पठाओ जस्ता एप प्रयोग गरी चल्ने सवारीसाधनलाई नरोक्ने यातायात मन्त्री रघुविर महसेठलाई निर्देशन दिएका छन् ।
बुधबार भएको राष्टिय योजना आयोगको राष्टिय विकास समस्या समाधान समिति बैठकलाई सम्बोेधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले टुटल र पठाओलाई चल्न दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘यो प्रक्रिया गलत भयो, यसरी तत्काल चलिरहेको कुरालाई रोक्नु ठिक होइन । नियम नभए नियम बनाऔं तर तत्काल नरोक्न सम्बन्धित निकायलाई निर्देशन दिन्छुु ।’
उनले जनताको जीवनसँग जोडिएको यस्ता विषयलाई हचुवाको भरमा रोक्ने निर्णय गर्नु गलत भएको भन्दै तुरुन्त पहिलै झैं चल्न दिन निर्देशन दिएका हुन् ।
प्रमुख प्रतिपक्षी दल कांग्रेस र सामाजिक सञ्जाल प्रयोगकर्ताको चर्को बिरोध पछि सबैको गुनासो सुनेर प्रधानमन्त्रीले विभागिय मन्त्रीलाई तुरुन्त पहिले झैं चल्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
प्रविधिको प्रयोग गरी भाडामा यात्रु बोक्ने टुटल र पठाओलाई प्रहरीले नियन्त्रणमा लिन थाले पछि उक्त कुरा पछिल्लो समय सामाजिक सञ्जालमा निकै नै चर्चाको बिषय बन्यो । कतिपयले यसलाई कानुन बिपरित भएको भन्दै प्रहरीको कदम प्रति समर्थन जनाए भने कतिले यसको बिरोध गरे ।