सीजीको रिट त्रुटिपूर्ण, अन्तरिम आदेश खारेज

माघ १ गत प्राधिकरण तथा सिजि टेलिकम दुर्ब पक्षलाई सार्वेच्चमा स्पष्टिकरणको लागी बोलाइएपनि समय अभावका कारण बिहिबार सुनुवाइको समय आज सारिएको थियो । आज सिजि टेलिकमल प्रधिकरणको भ्याकेट विरुद्ध स्पष्टिकरण दिने बताइएको छ ।

काठमाडौं । सीजी टेलिकम सञ्चालन गर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेज भएको छ । दूरसञ्चार प्राधिकरणले सर्वोच्चमा दिएको भ्याकेट विरुद्ध आज बिहीबार सीजी टेलिकमको सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले खारेज भएको फौसला जारी गरेको हो ।

प्रधिकरणले दिएको भ्याकेटमा कानुनी तथा तथ्यगत अवस्था नभएकाले अन्तरिम आदेश जारी हुनसक्ने अवस्था नै नरहेको र प्राधिकरणलाई सुनुवाइको मौका नै नदिई एक पक्षीय सुनुवाइ गरी जारी गरिएको आदेश गलत तथ्यमा आधारित, प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको प्राधिकरणको भनाइ छ ।

पुस १० गते न्यायाधीश दीपकराज जोशीको एकल इजलासले सीजी टेलिकमलाई दूरसञ्चार सेवा सञ्चालनमा कुनै पनि किसिमका बाधा अवरोध नगराई स्पष्ट ढङ्गबाट सेवा उपलब्ध गराउन दिनू भनी अन्तरिम आदेश जारी भएको थियो ।

तर प्राधिकरणले ग्रामीण दूरसञ्चारको लाइसेन्स लिएर युनिफाइडको लाइसेन्समा आधारित फ्रेक्वसी प्रतिस्पर्धा खोजेको आरोप लगाउँदै आएको थियो ।