दूरसञ्चार कम्पनीको बक्यौताबारे अर्थ समितिले निकास दिँदैन : सञ्चारमन्त्री बास्कोटा

अर्थ समितिको बैठकमा बास्कोटाले बक्यौता तिर्न नसक्ने सेवाप्रदायहरूले टाट पल्टिएको धोषणा पनि गर्न नसक्ने, रकम पनि नबुझाउने, जिम्मा दिएको काम समयअनुसार नसक्ने र पत्राचारको उत्तर पनि नदिने गरेको आरोप लगाए ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले विभिन्न सेवाप्रदायकले सरकारलाई बुझाउनुपर्ने बक्यौता रकमबारे प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिबाट निकास ननिस्किने बताएका छन् । शुक्रबार अर्थसमितिको बैठक निष्कर्षविहीन भएपछि पत्रकारको जिज्ञासामा मन्त्री बास्कोटाले यस्तो अभिव्यक्ति दिएका हुन् ।

अर्थ समितिको बैठकमा बास्कोटाले बक्यौता तिर्न नसक्ने सेवाप्रदायहरूले टाट पल्टिएको धोषणा पनि गर्न नसक्ने, रकम पनि नबुझाउने, जिम्मा दिएको काम समयअनुसार नसक्ने र पत्राचारको उत्तर पनि नदिने गरेको आरोप लगाए ।

सेवाप्रदायकसँग प्राधिकरणले ताकेता गरिरहेको र प्राधिकरणमार्फत कम्पनीलाई उपलब्ध गराइने सेवासुविधा पनि रोक्का गरिएको उनले बताए । साथै उनीहरुलाई कालोसूचीमा राख्ने तयारी भएको पनि उनले जानकारी दिए ।

स्मार्ट टेलिकमको बक्यौता रकम सबैभन्दा बढी देखिएकाले मन्त्रालयबाट प्राधिकरणलाई निर्देशनसमेत दिइएको छ । प्राधिकरणले समितिमा बुझाएको प्रतिवेदनमा तीन दूरसञ्चार सेवाप्रदायले तिर्नुपर्ने बक्यौता रकमको विवरण, विगत पाँच वर्षमा भएको ग्रामीण दूरसञ्चार विकास कोषको रकम असुली तथा प्राधिकरणमार्फत दुई वर्षदेखि सेवाप्रदायकलाई गरिएको ताकेताबारे प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनालले स्पष्टीकरण दिएका थिए । अर्काे बैठक माघ ६ गतेलाई तोकिएको छ ।