आइएमईका ग्राहकलाई एमआर डाएगोनस्टिक हेल्थकेयरमा १५ प्रतिशत छुट

काठमाडौ: ग्लोबल आइएमई बैंकका ग्राहकलाई एम.आर. डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टरले उपचारमा १५ प्रतिशत सम्म छुट दिने भएको छ । ग्लोबल आइएमई बैंक र एम.आर. डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टर बीच विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतामा यस्तो सेवा उपलब्ध गराइने भएको हो ।

हेल्थकेयर सेन्टर प्रालि. विराटनगरमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १५ प्रतिशत सम्म छुट पाउने भएका हुन् ।

बैंकले एम.आर. डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टर प्रा.लि. सँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो । सम्भौतापत्रमा एम.आर. डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टर प्रा.लि. का सञ्चालन निर्देशक डा. सतेन्द्र राउतज्यू र ग्लोबल आइएमई बैंक विराटनगरको शाखा प्रबन्धक शशि शेखर शर्माले हस्ताक्षर गरेका छन् ।