आरपी ग्रुपअन्तर्गतको ‘इन्डियन टेरेन’ले भित्र्यायो ‘न्यु कलेक्सन’, हेर्नुहाेस् तस्बिरमा

ब्रान्डेड तथा फिक्स प्राइसमा कपडा बेच्दै आएको आरपी ग्रुपले आगामी सिजनका लागि कपडा ल्याएको हो ।

काठमाडौं । आरपी ग्रुपअन्तर्गतको बहुचर्चित ब्रान्ड इन्डियन टेरेनले गर्मी सिजनका कपडा भित्र्याएको छ । ग्रुपले इन्डियन टेरेन ब्रान्डका न्यू कलेक्सन भित्र्याएको हो ।

‘कम्पनीले पाँच दिनअघि नयाँ सिजनका कपडा ल्याएको हो’ ग्रुपका बजार प्रवन्धक कुबेर ढुङ्गानाले भने, ‘दरबारमार्गको क्यापिटल मल र ललितपुरमा रहेको लबिम मलको सप नम्बर ००१ मा नयाँ सिजनका कपडा आइपुगेका छन् ।’

ब्रान्डेड तथा फिक्स प्राइसमा कपडा बेच्दै आएको आरपी ग्रुपले आगामी सिजनका लागि कपडा ल्याएको हो । ब्रान्डेड कपडा खरिद गर्ने ग्राहकको रोजाइमा परेको बहुचर्चित ‘ब्रान्ड इन्डियन टेरेन’का फेसनेवल कपडा सोरुममा आइपुगेका छन् ।