यी हुन् तपाईंकाे रोजाइमा पर्नसक्ने १५० सीसीका बाइक, यस्तो छ मूल्य

हाल नेपालमा युवादेखि उमेर ढल्केका उमेरसमूहका मानिसले यी बाइक रोजेको व्यवसायीकै भनाइ छ । विशेषगरी १५० सीसीका बाइकहरू हेर्दा आकर्षक देखिन्छन् । पिकअप राम्रो तथा चलाउन सजिलो, माइलेज, इन्जिन, लुक्सका कारण एक सय ५० देखि १६० सीसी क्षमताका यी बाइक उत्कृष्ट छन् ।

नेपालमा महिनैपिच्छे एक न एक कम्पनीका धमाकेदार बाइक भित्रिने गरेका छन् । बिक्छन् पनि । तर नेपालमा सबैभन्दा धेरै बिक्री हुने बाइक भनेको १५० सीसीका बाइक नै हुन् ।

हाल नेपालमा युवादेखि उमेर ढल्केका उमेरसमूहका मानिसले यी बाइक रोजेको व्यवसायीकै भनाइ छ । विशेषगरी १५० सीसीका बाइकहरू हेर्दा आकर्षक देखिन्छन् । पिकअप राम्रो तथा चलाउन सजिलो, माइलेज, इन्जिन, लुक्सका कारण एक सय ५० देखि १६० सीसी क्षमताका यी बाइक उत्कृष्ट छन् ।

टीभीएस अपाचे आरटीआर–१६०

टीभीएस अपाचे बाइक रेसर बाइक भएका कारण यसमा उच्च पिकअप क्षमता हुन्छ । यसको आकर्षक डिजाइन अर्को विशेषता हाे । १५९ सीसी इञ्जिन क्षमता भएको यो बाइकले ८५०० आरपीएममा १५.२१ पीएस पावर जेनेरेट गर्छ ।

४० किलोमिटर माइलेज दिने यो बाइकमा पाँच गियरको गियर बक्स दिइएको छ । यो बाइकको मूल्य नेपाली बजारमा दुई लाख ३५ हजार रुपैयाँ छ ।

यामाहा एफजेडएस–१५०

यामाहा एफजेडएस(१५० स्टाइलिस लुक्सका कारण नेपालमा लोकप्रिय बाइक बन्न सफल भएको छ । फराकिलो टायर तथा मोटो बडीमा आकर्षक हेडलाइटले यसको लुक्सलाई झनै राम्रो देखाएको छ ।

फराकिलो टायरकै कारण यो बाइक चलाउन आरामदायी पनि छ । १४९ सीसीको इञ्जिन क्षमता रहेको यो बाइकले ८००० आरपीएममा १३.२ पीएस पावर जेनेरेट गर्छ । ४० किलोमिटर प्रतिलिटर माइलेज रहेको यो बाइकमा पाँच स्पीडको गियर बक्स छ । ट्यूबलेस टायर दिइएको यो बाइकको नेपाली बजारमा दुई लाख ६४ हजार रुपैयाँ पर्छ ।

बजाज पल्सर–१५०

आकर्षक आवरण तथा चलाउन आरामदायी भएकै कारण पल्सर १५० बाइक लोकप्रिय बनेको छ । १४९ सीसी इञ्जिन क्षमता रहेको यो बाइकले ८००० आरपीएममा १४ पीएस पावर जेनेरेट गर्छ ।

प्रतिलिटर ४५ किलोमिटर माइलेज रहेको यो बाइकमा ५ स्पीडको गियर बक्स छ । साथै, ट्यूबलेस टायर दिइएको यो बाइकको नेपाली बजारमा २ लाख ३४ हजार  रुपैयाँ छ ।

होन्डा हर्नेट–१६०

होन्डाको यो बाइक आकर्षक लुक्सका कारण नेपाली बजारमा रुचाइएको बाइकमा परेको छ । कम्पनीले होन्डा हर्नेट(१००० सीसीको अवधारणामा यो हर्नेट(१६० निर्माण गरेको हो ।

१६२ सीसी इञ्जिन क्षमता भएको यो बाइकले ८५०० आरपीएममा १५.२५ पीएस पावर जेनेरेट गर्दछ । ४० किलोमिटर माइलेज रहेको यो बाइकमा पाँच गियरको गियर बक्स दिइएको छ । यो बाइकको मूल्य नेपाली बजारमा दुई लाख ६७ हजार ९०० रुपैयाँ छ ।

सुजुकी जिक्सर

नेपाली बजारमा सुजुकी जिक्सर पनि लोकप्रिय नै छ । १५४ सीसी इञ्जिन क्षमता भएको यो बाइक ८००० आरपीएममा १४.५९ बीएचपी पावर जेनेरेट गर्छ ।

पाँच स्पीडको गियर बक्स रहेको यो बाइकले प्रतिलिटर ६४ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । यो बाइकको मूल्य दुई लाख ६२ हजार ९०० रुपैयाँ छ ।