साल्ट ट्रेडिङले ३० हजार टन चिनी खरिद गर्न प्रक्रिया अघि बढायो

अहिले साल्ट्रको डिपोमा १२ हजार मेट्रिक टन चिनी स्टक छ । तर, जुनसुकै बेला पनि चिनीको मुल्य र माग बढ्न सक्ने भएकाले पनि न्युनतम २० हजार मेट्रिक टन चिनी स्टक राख्नुपर्ने भएकाले खरिद प्रक्रिया अघि बढाइएको साल्ट्र टेड्रिङ कर्पोरेसन लिमिटेडका प्रवक्ता कुमार भण्डारीले जानकारी दिए । उनले सरकारले तोकेकै मुल्य र मागअनुसार नै चिनी खरिद गर्न लागेको बताए ।

काठमाडौं । साल्ट्र ट्रेडिङ कर्पोरेसन लिमिटेडले स्वदेशी चिनि उद्योगबाट ३० हजार टन चिनि खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । स्वदेशी चिनिको मुल्य बढ्ने देखेपछि मागअनुसार आपूर्ति व्यवस्थापन गर्न चिनि खरिद गर्न लागिएको कर्पोरेसनले जनाएको छ ।

अहिले साल्ट्रको डिपोमा १२ हजार मेट्रिक टन चिनी स्टक छ । तर, जुनसुकै बेला पनि चिनीको मुल्य र माग बढ्न सक्ने भएकाले पनि न्युनतम २० हजार मेट्रिक टन चिनी स्टक राख्नुपर्ने भएकाले खरिद प्रक्रिया अघि बढाइएको साल्ट्र टेड्रिङ कर्पोरेसन लिमिटेडका प्रवक्ता कुमार भण्डारीले जानकारी दिए । उनले सरकारले तोकेकै मुल्य र मागअनुसार नै चिनी खरिद गर्न लागेको बताए ।

स्वदेशी चिनी उद्योगीसँग चिनी खरिद गर्न सुचनामार्फत बोलपत्र आह्वान गरिएको भण्डारीले जानकारी दिए । ‘अहिले सरकारले पनि विदेशबाट चिनीको आयात प्रतिवन्द गरेको अवस्था छ’ उनले भने, ‘जुनसुकै बेला पनि माग व्यवस्थापन गर्न कम्तीमा २० हजार टन चिनी स्टक राखेनौं भने उद्योगीले कृत्रिम अभाव देखाएर चिनिको प्राइस बढाउन सक्छन्’

सरकारी स्वामित्वको साल्ट्र टेडिङले आम उपभोक्ताको बजार हेरेर एक महिनाभित्र चिनीको खरिद गरिसक्ने जनाएको छ ।

सरकारले चिनीको आयातमा प्रतिवन्द लगाएपछि स्वदेशी चिनी उद्योगीले उत्पादन लागत बढेको बाहना बनाउँदै चिनीको मुल्य बढाउन माग गर्दै आएका छन् ।