आजु मोटर्स प्रालिले आधिकारिक वितरकको रुपमा यही माघभित्र क्लिेभल्यान्ड डर्ट बाइक भित्र्याउने तयारी थालेको हो । यो बाइक अमेरिकी ब्रान्ड भएपनि चीनमा एसेम्बल भई नेपाल ल्याइएको यसको वितरक आजु मोटर्सले बताएको छ ।
काठमाडौं । नेपाली बजारमा अमेरिकी मोटरसाइकल क्लिभल्यान्ड साइकलवक्र्स भित्रिने भएको छ । आजु मोटर्स प्रालिले आधिकारिक वितरकको रुपमा यही माघभित्र क्लिेभल्यान्ड डर्ट बाइक भित्र्याउने तयारी थालेको हो । यो बाइक अमेरिकी ब्रान्ड भएपनि चीनमा एसेम्बल भई नेपाल ल्याइएको यसको वितरक आजु मोटर्सले बताएको छ ।
एफआरएक्स १२५ युनिक लुक्स तथा डिजाइनका साथ आएको छ । अफरोडमा चल्ने यो बाइकको तौल हलुका छ । १२५ सीसीको इन्जिन भएको यो बाइकमा चार स्पिड ट्रान्समिसन गेयर दिइएको छ । त्यसैगरी इन्धन क्षमता ३.२ लिटर छ ।
एफआरएक्स बाइकको अधिकतम पावर ८.३ एचपीमा ८ हजार पाँच सय आरपीएम छ । त्यस्तै ८.३ एनएमा ७ हजार आठ ५ सय टर्क जेनेरेट गर्छ । प्रतिलिटर ४० देखि ४५ किलोमिटर माइलेज दिने यो बाइकको ग्राउन्ड क्लियरेन्स तीन सय ६० एमएम छ ।
यो डर्टबाइकका दुवै पाङ्ग्रामा डिक्स ब्रेक छन् । जसको सहयोगले अफरोडमा रोक्न सजिलो हुन्छ । नेपालमा आएको यो ब्रान्ड हार्लेडेभिडसनपछि दोस्रो अमेरिकी ब्रान्ड हो । नेपाली बजारमा यसको मूल्य तीन लाख ७९ हजार तोकिएको कम्पनीले बताएको छ ।
बजारमा अहिले धेरै डर्ट बाइक आएका छन् । केही साताअघि मात्र अप्रिलिया आएको थियो । यसै क्रममा यो बाइक पनि आएको छ । क्लिभल्यान्ड एफएक्सआर १२५ बाइकले नेपाली युवाको मन जित्ने कम्पनीको भनाइ छ ।