कृषि प्रविधि, विज्ञ सुझाव तथा च्याट, कृषि सूचना र समाचार, बजार भाउ, मौसम पूर्वानुमान, कृषि तालिम, कृषि दस्तावेज, ग्यालरी, अत्यावश्यक फोन नं तथा विज्ञ विवरणसमेत एप्समा उपलब्ध छन् ।
सल्यान : सल्यानको कपुरकोट गाउँपालिका आफ्नै कृषि मोवाइल एप्स सुरुवात गर्ने नेपालको पहिलो स्थानीय तह बनेको छ । कृषि कपुरकोट नामक मोबाइल एप्लिकेसन किसानले आफ्नो स्मार्टफोनमा डाउनलोड गरेर मौसम, कृषि र प्रविधिसम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।
कपुरकोट कृषि सूचना प्रणाली प्रविधि हस्तान्तरण कार्यक्रममा उपसर्ग टेक्नोलोजिका प्रबन्ध निर्देशक युवराज आचार्यले कृषिसँग सम्बन्धित मोबाइल एप्स नेपालमै पहिलो पटक कपुरकोट गाउँपालिकाले यस प्रकारको एप्स बनाएर सार्वजनीक गरेको बताए ।
किसान इन्टरनेटको पहुँचमा नहुने भएकोले इन्टरनेट भएको स्थानमा पुगेर मोबाइलबाट एकपटक डाउनलोड गरेपछि अफलाइन सेवा मार्फत घरमै बसीबसी विविध जानकारि लिन सक्ने प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले जनाए ।
कृषि प्रविधि, विज्ञ सुझाव तथा च्याट, कृषि सूचना र समाचार, बजार भाउ, मौसम पूर्वानुमान, कृषि तालिम, कृषि दस्तावेज, ग्यालरी, अत्यावश्यक फोन नं तथा विज्ञ विवरणसमेत एप्समा उपलब्ध छन् ।