युवा उद्यमी मनीष अग्रवालको निधन

नेपाल उद्योग वाणिज्य महासङ्घका निर्यात समितिका सभापति समेत रहेका अग्रवाल एचपी अग्रवाल कम्पनीजका निर्देशक थिए । विगत केही दिनदेखि मेदान्त अस्पतालमा मृत्युसँग लडिरहेका अग्रवालकाे ४५ वर्षको अल्पायुमा उनको निधन भएको हो ।

ब्लड क्यान्सरबाट पीडित युवा उद्यमी मनीष अग्रवालको आइतबार बिहान निधन भएको छ ।  लामो समयदेखि क्यान्सरबाट पीडित अग्रवालको आइतबार बिहान भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा निधन भएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका निर्यात समितिका सभापति समेत रहेका अग्रवाल एचपी अग्रवाल कम्पनीज्का निर्देशक समेत थिए । विगत केही दिनदेखि मेदान्त अस्पतालमा मृत्युसँग लडिरहेका अग्रवालकाे  ४५ वर्षको अल्पायुमा उनको निधन भएको हो ।

एक महिना अघि अग्रवालले आफ्नो स्वास्थ्य परीक्षण गराउँदा कुनै पनि समस्या नभएको भन्दै मेदान्तले नेपाल पठाएको थियो । बीचमा एक्कासी स्वास्थ्यमा  समस्या देखा परेपछि उनी पुनः मेदान्त पुगेका थिए । मेदान्त गएको १५ दिन मात्रै भएकाे थियाे । १० दिन भित्र उनी ब्लड क्यान्सरबाट पीडित भएको पत्ता लागेको थियो ।

नेपालमा बल्झिँदो श्रम समस्यालाई समाधान गर्न अग्रवालले ठूलो योगदान गरेको थिए । पशुपति मुरारका रोजगारदाता परिषद्को सभापति हुँदा अग्रवाल उपसभापति थिए । त्यस बेला नेपालमा श्रमको ठूलो समस्या थिए । त्यसलाई समाधान गर्न अग्रवालले महत्वपूर्ण योगदान गरेको मुरारकाले बताए । सुगर मिल, प्लास्टिक उद्योग, मेडिकल कलेज, घ्यू तेलमा लगानी गरेको अग्रवाल पछिल्लो समय महासङ्घमा सक्रिय बन्दै आएका थिए । अग्रवालकाे निधनले नेपालकाे सम्पूर्ण निजी क्षेत्रमा अतुलनीय क्षति भएकाे नेपाल उद्याेग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले बताइन ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गाेल्छाले नेपालकाे निजी क्षेत्रलाइ व्यावसायिक रूपमा अघि बढाउन ठूलाे याेगदान गरेकाे बताए । महासङ्घका विभिन्न समितिमा बसेर उनले धेरै राम्राे काम गरेकाे गाेल्छाले बताए ।