काठमाडौं । आरपी ग्रुप अन्तर्गतको चर्चित ब्रान्ड दामिलानो इटालियाले आफ्ना ग्राहकलाई ७० प्रतिशतसम्म डिस्काउन्ट अफर ल्याएको छ ।
दामिलानोका रेगुलर ग्राहक तथा नयाँ ग्राहकलाई आकर्षित गर्न भारी छुट ल्याएको आरपी ग्रुपका बजार प्रवन्धक कुवेर ढुङ्गानाले जानकारी दिए ।
दरबारमार्गमा रहेको सोरुमबाट धमाधाम छुटमा विभिन्न सामान विक्री भइरहेको छ । कम्पनीले वर्षभरि दामिलोनका विभिन्न ब्रान्ड खरिद गर्ने ग्राहकलाई केही राहत दिने उद्देश्यले यस्तो अफर ल्याएको हो । दामिलानोको दरबारमार्ग सोरुमबाट लेडिज तथा जेन्स ब्याग, जुत्तालगायतका सामग्री उपलब्ध हुन्छ ।