शीतलहरबाट प्रभावितलाई आइएमई फाउन्डेसनद्वारा ब्ल्याङ्केट वितरण

विगत केहि दिनदेखि तराईंका विभिन्न स्थानमा चलेको शितलहरबाट प्रभावित बनेकालाई आइएमई फाउन्डेसनले ब्ल्याङ्केट वितरण गरेको छ ।

प्रभावित घरपरिवारका सदस्यहरुलाई तत्काल राहत होस् भन्ने उद्देश्यका साथ आइएमई फाउन्डेसनबाट खटिएका प्रतिनिधिहरु र आइएमई ग्रुपका स्थानीय व्यावसायिक साझेदारहरुले सिरहास्थित गोलबजार नगरपालिका–०३, जम्दह रकल्याणपुर नगरपालिका–०७, भेडियाका साथै सप्तरीस्थित राजविराज नगरपालिका–०९, मलेठ र खड्क नगरपालिका–०३, बानरझुलामा रहेका आर्थिक रुपमा विपन्न एक सय घरपरिवारलाई ब्ल्याङ्केट वितरण गरिएको हो ।

आइएमई फाउन्डेसनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शितलहरबाट प्रभावित परिवारहरुलाई राहत वितरण गर्ने निर्णय गरेको थियो ।

आपतकालीन मानवीय सेवामा काठमाडौंस्थित पानीपोखरीमा रहेको फाउन्डेसन केन्द्रीय कार्यालयबाट खटिएका प्रतिनिधिहरुलाई राहत वितरणमा पूर्ण सहयोग गर्ने स्थानीय व्यावसायिक साझेदार, प्रहरी प्रशासन, स्थानीय जनप्रतिनिधि, ग्लोबल आइएमई बैंक शाखा कार्यालय राजविराज खटिएको थियो ।