एलजी टीभी, जहाँ बोली बिक्छ

किस्ताबन्दीमा टीभी किन्नेहरुका लागि पनि १८ महिनाको इन्स्टलमेन्टमा ग्लोबल र नबिल बैङ्कमार्फत यो सुविधा उपलब्ध गराइएको छ । अहिले १८ ओटा सोरुमबाट यो टीभी उपलब्ध छ ।

चौधरी ग्रुपले एलजी यूएजडी एआईए नामक टेलिभिजन भिœयाएको छ । थिनक्यू प्रविधिमा चल्ने यो टेलिभिजन ६५ इन्चमा उपलब्ध छ । यो टीभी अहिले नेपाली उपभोक्ताको रोजाइमा पनि परेको कम्पनीले जानकारी दिएको छ । यूएचडी थिनक्यू आर्टिफिसियल इन्टेलिजेन्स फोरके टेलिभिजनको रिजोलुसन ३८४०–२१६० पिक्सेल छ, जसले पिक्चरको गुणस्तरमा कमी आउन दिन्न ।

गुणस्तरीय पिक्चर डिजाइन, सेटिङ फम्यार्ट, लुक्स, सहज फिचर, म्याजिक मोसन रिमोर्ट, थिनक्यूआई टेक्नोलोजी, डब्ल्यू एटमस जस्ता प्रविधिले यो टीभीलाई अब्बल बनाएका छन् । नेपाली बजारमा थिनक्यूएआई फोरकेको मूल्य पाँच लाख ५९ हजार ९ सय ९० पर्छ । यसमा उपभोक्ताले १० देखि १५ प्रतिशतसम्म छुट पाउने कम्पनीले जानकारी दिएको छ ।

नेपालमै अहिलेसम्म सार्वजनिक नभएको फरक प्रविधिका साथ पहिलो पटक यो टीभी लन्च गरिएको सीजी एलजी प्रोडक्ट कम्पनीका इन्जिनियर मधुसूदन कामतले बताए । स्मार्ट टेलिभिजनलाई बन्द गर्नेदेखि पज, प्लेका सबै सिस्टममा बोलेरै काम गर्न सकिन्छ । टीभीभित्र जति पनि एप छन्, ती सबै बोलेकै भरमा खुलाउन सकिन्छ । अन्य टीभीमा जस्तो सर्च गरिरहनुपर्न आवश्यकता छैन ।

फोरके सुपर यूएडी टीभीहरुमा अन्य कुनै ब्रान्डमा नभएको फिचर यसमा रहेको कम्पनीको दाबी छ । पछिल्लो समय ग्राहकको रोजाइमा समेत परेको यो टीभी पिक्चर क्वालिटी, डिजाइन, एप्स तथा टेक्नोलोजीले पनि विशेष छ । एलजी थिनक्यू एआई २०१८ का फिचर र क्वालिटी थाहा पाएपछि टीभीको मूल्य महँगो लाग्दैन ।

सुपर यूएचडी टीभीमा पिक्चर अथवा सिनका आधारमा साउन्ड पनि आउँछ । टीभीमा भएका विषय तथा च्यानललाई मोबाइलमा समेत कनेक्ट गरी अडियो सुन्न सकिन्छ । ब्ल्युटुथ डिभाइसमा बजाउन तथा प्रयोग गर्न सकिन्छ । म्याजिक मोसन रिमोर्टले टीभी प्रयोग सहज बनाइदिएको छ । यो एलजीको आफ्नै अपरेटिङ सिस्टम हो । यसलाई वेब अपरेटिङ सिस्टमका नामले चिनिन्छ । एन्ड्रोइडभन्दा पनि बढी उपयोगी आवश्यक एप पनि यो टीभीमा सजिलै चलाउन सकिन्छ ।

भिडियो कलिङ सिस्टम, भाइरस नलाग्ने र ह्याङ नहुनु यूएचडी फोरके टीभीको महङ्खवपूर्ण विशेषता हो । म्याजिक रिमोर्टले टेलिभिजनको कुनै एप तथा गुगल, युटुब दुईदेखि तीन सेकेन्डमा खुलिसक्छ । ब्लुटुथ सेन्सरबाट काम गर्ने भएकाले दुई सेकेन्डभित्र टीभी खुलिसकेको हुन्छ ।

गत वर्षको तुलनामा यस वर्ष यो टीभीको बिक्री एक सय ५० प्रतिशतले बढेको छ । म्याजिक रिमोर्ट, थिनक्यूआई टेक्नोलोजी डब्ल्यू एटमस प्रविधिमा आधारित साउन्ड जस्ता अब्बल टेक्नोलोजीका कारण नेपाली बजारमा उपभोक्ताको बढी रोजाइमा पर्ने गरेको इन्जिनियर कामतको दाबी छ । अनवान्टेड लाइटहरुलाई अब्जर्भ गरेर आवश्यक लाइट मात्र पनि टीभीमा राख्न सकिन्छ ।

‘हामीले बोलेपछि रोबोटले जस्तै गरी टीभीले सुन्छ । सँगै सोच्छ र खुल्ने गर्छ,’ कामतले भने, ‘फोरकेको रिजोलुसन ३८४०–२१६० पिक्सेलमा आधारित भएर यो टीभी चल्छ ।’ अङ्ग्रेजी भाषा नजान्नेहरुका लागि नम्बरमा आधारित भएर पनि यो टीभीलाई चलाउन सकिन्छ ।

पिक्चर क्वालिटीका लागि नानो सेल डिस्प्ले दिइएको छ । यसले एलईडी बल्बको लाइटलाई कन्भर्ट गरेर पर्फेक्ट पिक्चर क्वालिटी दिन्छ । बोलेरै टीभी कन्ट्रोल गर्नसमेत सकिन्छ । टीभी किन्नेहरुलाई कम्पनीले नेपाली च्यानल निःशुल्क हेर्न मिल्ने सुुविधा दिएको छ । टीभीमा वर्षको वारेन्टी रहेको कम्पनीले जानकारी दिएको छ ।

किस्ताबन्दीमा टीभी किन्नेहरुका लागि पनि १८ महिनाको इन्स्टलमेन्टमा ग्लोबल र नबिल बैङ्कमार्फत यो सुविधा उपलब्ध गराइएको छ । अहिले १८ ओटा सोरुमबाट यो टीभी उपलब्ध छ ।