प्राधिकरणका निमित्त कार्यकारी निर्देशक पुरुषोत्तम खनालले सडक नपुगेका क्षेत्रमा समेत टेलिफोन नेटवर्क तथा इन्टरनेट सेवा विस्तार गरिने बताए । समिति बैठकमा प्राधिकरणले सबै जिल्लामा फोरजी सेवा पुर्याउने कार्य अन्तिम चरणमा पुर्याएको जानकारी दियाे ।
काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणले अबको दुई वर्षभित्र टावरको समस्या नहुने गरी अघि बढेको जनाएको छ । संसदको विकास तथा प्राविधिक समितिको बैठकमा प्राधिकरणले यस्तो बताएको हो ।
प्राधिकरणका निमित्त कार्यकारी निर्देशक पुरुषोत्तम खनालले सडक नपुगेका क्षेत्रमा समेत टेलिफोन नेटवर्क तथा इन्टरनेट सेवा विस्तार गरिने बताए ।
समिति बैठकमा प्राधिकरणले सबै जिल्लामा फोरजी सेवा पुर्याउने कार्य अन्तिम चरणमा पुर्याएको जानकारी दियाे । ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्न कार्य भइरहेको प्राधिकरणले बैठकमा बतायाे ।
बैठकमा समितिका सदस्यहरुले दूरसञ्चार प्राधिकरण र ग्रामीण दूरसञ्चार विकास कोषको उपयोगमा देखिएका समस्या, सेवाप्रदायक कम्पनीको सेवा समस्या, दूरसञ्चार प्राधिकरणमा देखिएका समस्याका बारेमा जिज्ञासा राखेका थिए ।