उजुरीपछि अख्तियारले एक हप्ताभित्र जवाफ दिन महासङ्घका पदाधिकारीलाई लिखित पत्र काटेको हो । महासङ्घका पदाधिकारीले केही दिनअघि अख्तियारलाई जवाफसमेत पठाइसकेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गतको कृषि उद्यम केन्द्रमा अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महासङ्घलाई छानबिनको दायरामा ल्याएको छ ।
महासङ्घअन्तर्गतको कृषि उद्यम केन्द्रको करोडौं रकम अनियमितता भएको अख्तियारमा उजुरी परेको थियो । उजुरीपछि अख्तियारले एक हप्ताभित्र जवाफ दिन महासङ्घका पदाधिकारीलाई लिखित पत्र काटेको हो । महासङ्घका पदाधिकारीले केही दिनअघि अख्तियारलाई जवाफ समेत पठाइसकेका छन् ।
जिल्लामा रकम नै नपठाई पठाएको भनेर झुटो विल बनाएको, कृषि उद्यम केन्द्रको रकमबाट विभिन्न जिल्ला भ्रमण गरेको उजुरीपछि अख्तियारले छानविन अघि बढाएको हो ।
‘कृषि उद्यम केन्द्रको पैसाले हेलिकोप्टर चढेको खर्चसमेत ब्यहोरेको पाइएको छ,’ अख्तियार स्रोतले क्यापिटल नेपालसँग भन्यो, ‘सत्यतथ्य के हो भने पत्र काटेका थियौं, त्यसको जवाफ आइसकेको छ । उक्त जवाफमाथि अध्ययन भइरहेको छ ।’ कृषि विकास मन्त्रायलमार्फत गएको रकम व्यापक अनियमितता भएको हुन सक्ने अख्तियारले जनाएको छ ।
महासङ्घकी अध्यक्ष भवानी राणाले अख्तियारबाट पत्र आएको र अख्तियारले काटेको पत्रअनुसार जवाफ दिएको बताइन् । महासङ्घमा केही भ्रष्टाचार भएको छैन, सबै अडिट भइसकेको छ,’ उनले भनिन्, ‘अख्तियारलाई छानबिन गर्न थप सहज बाटो बनाइदिएको हो ।’