सूचना तथा प्रविधिको क्षेत्रमा भएका नवीनतम् विकास आम जनतामाझ पुगोस् भन्ने चाहनाका साथ क्यान इन्फोटेकको २५ औं संस्करण आयोजना गरिएको क्यानका अध्यक्ष हेमन्त चौरसियाले जानकारी दिए ।
काठमाडौं । सूचना प्रविधिको बृहत् मेला क्यान इन्फोटेक २०१९ सुरु भएको छ । डिजिटल नेपालको परिकल्पना र डिजिटल ट्रान्सफर्मेसनको उद्देश्यका साथ क्यान इन्फोटेक २०१९ मङ्गलबारदेखि भृकुटीमण्डपमा सुरु भएको हो । मेलाको सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले उद्घाटन गरे ।
सूचना तथा प्रविधिको क्षेत्रमा भएका नवीनतम् विकास आम जनतामाझ पुगोस् भन्ने चाहनाका साथ क्यान इन्फोटेकको २५ औं संस्करण आयोजना गरिएको क्यानका अध्यक्ष हेमन्त चौरसियाले जानकारी दिए ।
प्रविधिबिनाको विकास र जीवनशैली अगाडि बढ्न नसक्ने बताउँदै चौरसियाले प्रविधिको प्रयोग गरी व्यापार व्यवसाय गर्दा छिटो र फलदायी हुने विश्वास व्यक्त गरे ।
क्यान इन्फोटेक २०१९ को प्रमुख विशेषताका रुपमा रोबोट ब्याटल बम्पिटिसन, नेपाली प्राविधिकहरुद्वारा निर्मित प्रविधिको प्रदर्शनी छन् । मेला माघ २० गतेसम्म चल्नेछ ।
क्यान इन्फोटेको टाइटल स्पोन्सर रहेको सुबिसु केबल नेटले इन्टरनेटको प्याकेजमा नयाँ स्किम ल्याएको कम्पनीका प्रबन्ध निर्देशक सुधीर पराजुलीले जानकारी दिएका छन् । उनले ईसेवाबाट टिकट लिएबापत मेला अवलोकनकर्तालाई लक्की ड्रमार्फत बैङ्कक र बाली भ्रमणका लागि दई जोडीले दुई रातका लागि खानेबस्ने र जाने–आउने टिकट पाउने बताए । यस्तै दैनिक पुरस्कारअन्तर्गत काठमाडौंमा प्याराग्लाइडिङ, त्रिशूलीमा ¥याफ्टिङ, पोखरामा बन्जीजम्प अथवा जिपफ्लायर र केजीएच ग्रुप अफ होटलहरुमा हरेक दिन एक जोडीलाई रात बस्ने सुविधा प्रदान गरिने छ ।
यसैगरी हरेक दिन पाँच जनालाई दुई हजार बराबरको सपिङ भौचर प्रदान गरिनुका साथै ६० जनालाई दुई सय बराबरको फुड भौचर र मेलाका सहभागीमध्ये ६ जनाले प्रत्येक दिन फिल्म टिकट पाउने क्यानका अध्यक्ष चौरसियाले जानकारी दिए ।