३३ किलो सुन काण्डका आरोपीका सबै परिवारमाथि भष्ट्राचार मुद्दा दायर

२०७३ साल पुस २१ गते विमानस्थलबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बरामद गरेको ३३ किलो सुन काण्डमा निलम्बनमा परेका श्रेष्ठको अनुसन्धानका लागि अख्तियारलाई जिम्मा लगाइएको थियो ।

काठमाडौं । ३३ किलो सुन काण्डमा निलम्बनमा परेका विमानस्थल भन्सार कार्यालयका रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठको पूरै परिवारका नाममा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार श्यामकृष्ण च्वामु श्रेष्ठसहित उनका बाबुआमा, भाइबुहारी र २ जना श्रीमती गरी ७ जनाका नाममा विशेष अदालतमा भष्ट्राचार मुद्दा दायर गरेको हो ।

२०७३ साल पुस २१ गते विमानस्थलबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बरामद गरेको ३३ किलो सुन काण्डमा निलम्बनमा परेका श्रेष्ठको अनुसन्धानका लागि अख्तियारलाई जिम्मा लगाइएको थियो ।

श्रेष्ठले गैरकानुनी तवरले सम्पत्ति आर्जन गरी परिवारका सदस्यका नाममासमेत लुकाएको भेटिएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले बताए । ३३ किलो सुन तस्करीको अनुसन्धानका सिलसिलामा श्रेष्ठलाई २०७३ पुस २७ गते निलम्बन गरिएको थियो ।

श्रेष्ठले १४ करोड ६१ लाख २४ हजार ४ सय ७८ रुयैयाँको स्रोत देखाउन नसकेपछि त्यति नै बिगो मागदाबीसहित अख्तियारले विषेशमा मुद्दा दायर गरेको हो ।

श्रेष्ठले जेठी श्रीमती तारादेवी श्रेष्ठ, कान्छी श्रीमती रेखा श्रेष्ठ, बुवा ज्ञानकृष्ण श्रेष्ठ, आमा चन्द्रदेवी च्वामु श्रेष्ठ, भाइ रामकृष्ण श्रेष्ठ र भाइबुहारी रविना प्रधानाङ्गका नाममा सम्पत्ति लुकाएको अख्तियारको अनुसन्धानमा देखिएको छ ।

उनीहरुका नाममा रहेको स्रोत नखुलेको चलअचल सम्पत्ति साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६९ग० तथा दफा २९ एवम् प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा २ तथा दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९९ख० बमोजिम जफत गर्नु पर्ने भन्दै परिवारका सदस्यलाईसमेत प्रतिवादी कायम गरिएको अख्तियारले जनाएको छ ।