महासङ्घमा विवाद चुलिएपछि पूर्वअध्यक्षको बैठक

देख्दा सामान्य लागेपछि दुई ओटा समितिको अत्यन्तै ठूलो भूमिका हुन्छ । महासङ्घमा यस्ता विवाद देखिँदा तत्काल समाधान गर्न यी समिति सक्रिय हुने गरेका छन् । महासङ्घका भ्रष्टचारसम्बन्धी कुरा बाहिर आएको पहिलो पटक हो । तर, अन्य विवाद बेलाबेलामा आउँछन् ।

काठमाडौं : निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ नेतृत्वले अनुशासन र सल्लाहकार समिति बनाउन नसक्दा महासङ्घ आफैं अप्ठ्यारोमा परेको पूर्वअध्यक्षहरुले निष्कर्ष निकालेका छन् ।

केही दिनअघि महासङ्घका पूर्वअध्यक्षहरु रविभक्त श्रेष्ठ, महेशलाल प्रधान, सुरज वैद्य, कुशकुमार जोशी, पद्म ज्योति सम्मिलित बैठकले महासङ्घका लागि अत्यन्तै महत्वपूर्ण मानिएका दुई ओटा समिति बनाउन नसक्दा यस्तो समस्या बाहिर आएको निष्कर्ष निकालेको छ ।

‘महासङ्घ नेतृत्वले समयमै अनुशासन समिति र सल्लाहकार समिति बनाएको भए यस्तो विवाद बाहिर आउँदैनथ्यो,’ पूर्वअध्यक्षको भेलामा सहभागीमध्ये एक जनाले भने, ‘अहिलेका पदाधिकारीले बेलैमा यस विषयमा सोच्न नसक्दा अहिले समस्या आयो ।’

देख्दा सामान्य लागेपछि दुई ओटा समितिको अत्यन्तै ठूलो भूमिका हुन्छ । महासङ्घमा यस्ता विवाद देखिँदा तत्काल समाधान गर्न यी समिति सक्रिय हुने गरेका छन् । महासङ्घका भ्रष्टचारसम्बन्धी कुरा बाहिर आएको पहिलो पटक हो । तर, अन्य विवाद बेलाबेलामा आउँछन् ।

महासङ्घका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले महासङ्घअन्तर्गतको कृषि उद्यम केन्द्रमाव्यापक भ्रष्टचार भएको भन्दै केही दिनअघि महासङ्घकोे कोषाध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

महासङ्घ पहिलो पटक भ्रष्टचारको केसमा मुछिएको छ । ‘यसअघि पनि महासङ्घले अन्य आरोप धेरै लागेको छ’ एक पूर्वअध्यक्षले भने, ‘तर, पहिलो पटक महासङ्घमा भ्रष्टचार भएको भन्ने आरोप लागेको हो ।’

महासङ्घमा देखिएको विवादले महासङ्घकै भविष्य जोखिममा पर्नेतर्फ सचेत हुँदै पूर्वअध्यक्षहरु सक्रिय भएका हुन् । ‘अहिलेसम्म पूर्वअध्यक्षहरुले खासै चासो दिएका थिएनन्,’ एक पूर्वअध्यक्षले भने, ‘तर, यो घटनालाई चासोका साथ लिएका छन् ।’

पूर्वअध्यक्षको निष्कर्ष : भ्रष्टचारको विषय बाहिर ल्याउनुअघि कार्यसमितिमा छलफल गर्नुपर्थ्यो

महासङ्घकै पदाधिकारीमा बसेर कोषाध्यक्ष प्रधानले भ्रष्टचारसम्बन्धी कुरा बाहिर ल्याउन नहुने निष्कर्षमा पुगेका छन् । प्रधानले महासङ्घको पदाधिकारी र कार्यसमितिमा छलफल गर्नुपर्ने विषय बाहिर ल्याएको उनीहरुको निष्कर्ष छ । ‘घरभित्रको झगडा घरभित्रै मिलाउनुपर्ने हो,’ सहभागी एक पूर्वअध्यक्षले भने, ‘तर, बाहिर गयो । यसले महासङ्घको गरिमामा आँच आयो ।’