युनिभर्सल पावर कम्पनीको आईपीओ माघ २५ देखि, ५० लाख कित्तासम्म आवेदन दिन पाइने

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यको ८६ करोड ७४ लाख ४९ हजार रुपैयाँ बराबरको ८६ लाख ७४ हजार ४९२ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडले माघ २५ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यको ८६ करोड ७४ लाख ४९ हजार रुपैयाँ बराबरको ८६ लाख ७४ हजार ४९२ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

आयोजना प्रभावित दोलखा जिल्लाको स्थानीयबासिन्दालाई बिक्री हुन बाँकी १७ करोड ६६ लाख १५ हजार रुपैयाँ बराबरको १७ लाख ६६ हजार १५० कित्ता समेत जोडरे आईपीओ निष्कासन गर्न लागेको हो । यसअघि दोलखाको गौरिशंंकर, कालिञ्चोक र विगो गाउँपालिकालाई २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।

आईपीओ निष्कासन बन्द छिटोमा माघ २९ गते र ढिलोमा फागुन २६ गतेलाई तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । आईपीओ न्युनतम ५० देखि ५० लाख कित्तासम्म भर्न पाईने छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दा र सर्वसाधारणलाई गरी ९६ करोड ६१ लाख ६१ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने छ ।

स्थानियबासिन्दालाई बाँडफाँड गरेपछि सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने कम्पनीले जनाएको छ । ५४ प्रतिशत संस्थापक र ४६ प्रतिशत सर्वसाधारणको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ ।

युनिभर्सलले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको लागत २ अर्ब ४ करोड रुपैया छ । कम्पनीमा ८८ प्रतिशत स्वामित्व सीईडीबी हाइड्रो फण्ड लिमिटेडको छ । सीईडीबी माउ कम्पनी हो ।

आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ६० लाख रुपैयाँ छ । सरकारले कम्पनीलाई २९ वर्षका लागि विद्युत उत्पादन अनुमति (लाइसेन्स) दिएको छ । ७ वर्ष ९ महिनामा आयोजनाबाट साधारण लगानी फिर्ता हुने छ । चालु आर्थिक वर्षदेखि नाफामा जाने आयोजनाले आगामी ३ वर्षमा प्रतिसेयर आम्दानी १० रुपैयाँ ४६ पैसा पुग्ने छ । प्रतिसेयर खुद सम्पत्ति पनि बेर १२० रुपैयाँ ६० पैसा पुग्ने युनिभर्सलको प्रक्षेपण छ ।