बैंकको निष्क्रिय कर्जा १.२५, निक्षेप लागत ६.१४, कर्जा निक्षेप अनुपात ७८.४५ र आधार दर ९.११ प्रतिशत रहेको छ । यस्तै प्रतिसेयर आम्दानी ३२ रुपैयाँ पुगेको छ ।
काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा खुदनाफा २३.६१ प्रतिशत बढाएको छ । गत पुससम्म बैंकले १ अर्ब ३६ करोड ७० लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिममा बैकले १ अर्ब १० करोड ५८ लाख रुपैयाँ नाफा गरेको थियो ।
बैंकले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नाफा २६ करोड ११ लाख रुपैयाँ बढेको छ । समीक्षा अवधिमा बैंकको खुदब्याज आम्दानी २ अर्ब ४९ करोड ३४लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा ब्याज आम्दानी १ अर्ब ८६ करोड ९५ लाख रुपैयाँ थियो ।
बैंकको निष्क्रिय कर्जा १.२५, निक्षेप लागत ६.१४, कर्जा निक्षेप अनुपात ७८.४५ र आधार दर ९.११ प्रतिशत रहेको छ । यस्तै प्रतिसेयर आम्दानी ३२ रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकले १ खर्ब ६ अर्ब १० करोड निक्षेप परिचालन गरेर ९८ अर्ब ३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ९२ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरेर ८२ अर्ब ८ करोड कर्जा लगानी गरेको छ । बैंकको संचित कोषको आकार बढेर ६ अर्ब ६ करोड ६० लाख रुपैयाँ पुगेको छ ।