लक्ष्मी बैंकको नाफा ३१.५६ प्रतिशत बढ्यो, ६ महिनामा ७२ करोड ३७ लाख

बैंकले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरणमा गत अर्थिक वर्षको तुलनामा यो आवमा नाफा १७ करोड ३६ लाख रुपैयाँ बढेको उल्लेख गरेको छ ।

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा लक्ष्मी बैंकले खुदनाफा ३१.५६ प्रतिशत बढाएको छ । बैंकले गत पुससम्म ७२ करोड ३७ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ५५ करोड रुपैयाँ नाफा गरेको थियो ।

बैंकले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरणमा गत अर्थिक वर्षको तुलनामा यो आवमा नाफा १७ करोड ३६ लाख रुपैयाँ बढेको उल्लेख गरेको छ । समीक्षा अवधिमा बैंकको खुदब्याज आम्दानी १ अर्ब ४५ करोड ४३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा ब्याज आम्दानी १ अर्ब २ करोड ७८ लाख रुपैयाँ थियो ।

बैंकको निष्क्रिय कर्जा १.११, निक्षेप लागत ७.६८, कर्जा निक्षेप अनुपात ७७.५६ र आधार दर १०.३६ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६१ पैसा छ ।

गत पुससम्म बैंकले ७५ अर्ब ८९ करोड रुपैयाँ निक्षेप परिचालन गरी ७० अर्ब ५७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिमा बैंकले ६० अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी ५४ अर्ब ८१ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । संचित कोषको आकार बढेर ४ अर्ब ४४ करोड ६१ लाख रुपैयाँ पुगेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।