क्यान इन्फोटेक : दुई दिनमा एक लाखद्वारा अवलोकन

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले माघ १५ गतेदेखि आयोजना गरेको २५औं संस्करणको क्यान इन्फोटेक २०१९ मा अवलोकनकर्ताले उत्साहजनक सहभागिता जनाएका हुन् ।

राजधानीको भृकुटीमण्डपमा जारी सूचना प्रविधि मेलाको दुई दिनमै एक लाखभन्दा बढीले अवलोकन गरेका छन् । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले माघ १५ गतेदेखि आयोजना गरेको २५औं संस्करणको क्यान इन्फोटेक २०१९ मा अवलोकनकर्ताले उत्साहजनक सहभागिता जनाएका हुन् ।

‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ईसेवा’ नाम दिइएको मेलामा सूचना तथा सञ्चार क्षेत्रका नौला प्रविधि र उपकरणका साथै नयाँ–नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि राखिएका छन् ।

मेलामा बुधबारदेखि सुरु भएको रोबोट ब्याटल कम्पिटिसनमा अवलोकनकर्ताको विशेष आकर्षण देखिएको छ । मेलामा रहेको रोबोटिक्स जोनमा मेलाको अन्तिम दिन आइतबार (२० गते) सम्म पाँच दिन रोबोट ब्याटल कम्पिटिसन हुनेछ । कम्पिटिसनमा मावि, उच्च मावि तथा इन्जिनिरिङ कलेजका विद्यार्थीले बनाएका रोबोटबीच ब्याटल कम्पिटिसन हुनेछ ।