नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समितिका सदस्य एवं वर्तमान कार्यकारिणी समितिमा निर्यात प्रवद्र्धन समितिका सभापति मनिषकुमार अग्रवालको शनिवार अल्पायुमै भएको निधनप्रति गहिरो दुख व्यक्त गरेको छ ।
४५ वर्षअघि वीरगन्जमा जन्मिएका अग्रवालको गत शनिबार ब्लड क्यान्सरका कारण नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा मृत्यु भएको हो ।
केही समयअघिसम्म पनि अत्यन्त सक्रिय रुपमा काम गरिरहेका यूवा उद्योगपति अग्रवाललाई एक्कासी व्लड क्यान्सर भएको पत्ता लागेपछि उनका परिवारका साथ भारतको मेदान्त अस्पतालमा उपचार गराई रहेका थिए । उपचारकै क्रममा गत शनिवार उहा“को निधन भएको खवरबाट महासंघ परिवार शोकमा डुवेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघमा २०६४–६७ देखि वर्तमान कार्यकारिणी समितिसम्म निरन्तर आवद्ध रहेका स्वर्गिय अग्रवालले विगतका कार्यकारिणी समितिमा दुई कार्यकाल महासंघको रोजगारदाता परिषद्का उपसभापति जस्तो महत्वपूर्ण पदमा समेत रही श्रम विवाद निरुपण तथा श्रम सम्बन्धी नीति कानून निर्माणका क्रममा महासंघको तर्फबाट अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । अध्ययनशील उद्यमीको पहिचान बनाएका स्वर्गिय अग्रवाल श्रम, उत्पादनमुलक, आयात निर्यात लगायतका आर्थिक मुद्दाहरुका विषयमा जानकार थिए ।
स्वर्गीय अग्रवालका तेल, मैदा, प्लाष्टिक्स, चिनी, जुट आदि उद्योगहरु संचालित छन् भने ती उद्योगहरुमा सयौ मानिसहरुले रोजगारी पाइरहेका छन् । स्वर्गीय अग्रवाल नेपालको परिचित व्यावसायिक घराना एचसी अग्रवाल ग्रुप अफ कम्पनिज्का प्रवन्ध निर्देशक हुनु ।
स्वर्गीय अग्रवाल महासंघको वस्तुगत सदस्य नेपाल वनस्पति घिउ तेल उत्पादक संघ, नेपाल चामल तेल तथा दाल उद्योग संघ, नेपाल चिनी उद्योग संघ लगायतका विभिन्न संघ संस्थास“ग समेत आवद्ध थिए । स्वर्गीय अग्रवालका श्रीमती र एक छोरा छन् ।
शोक सभामा स्वर्गीय अग्रवालको सम्झनामा एक मिनेट मौन धारण गर्नुका साथै महासंघका अध्यक्ष भवानी राणा, निर्वतमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष्ँ शेखर गोल्छा, उपाध्यक्ष उमेशलाल श्रेष्ठ, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, कार्यकारिणी समितिका सदस्यहरु, महासंघका सदस्य संघ÷संस्थाका पदाधिकारी एवं महासंघ सचिवालयका कर्मचारीहरुबाट स्वर्गीय अग्रवालको तस्विरमा माल्यार्पण गरे ।