राजधानीमा बिहीबार जगदम्बा समूहका अध्यक्ष शङ्करलाल अग्रवाल, जगदम्बा इन्टरप्राइजेजका निर्देशकहरु अनिल रुंगटा, विशाल पटवारी तथा सद्भावना दूतद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले जगशक्ति गोल्ड टीएमटी बार सार्बजनिक गरेका हुन् ।
काठमाडौं । जगदम्बा इन्टरप्राइजेजले नयाँ उत्पादन जगशक्ति गोल्ड टीमएटी छड बजारमा ल्याएको छ । कम्पनीले आफ्नो नयाँ उत्पादन जगशक्ति गोल्ड छडको सद्भावना दूत (ब्रान्ड एम्बेसडर) मा चर्चित कलाकार तथा समाजसेवी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई नियुक्त गरेको छ ।
राजधानीमा बिहीबार जगदम्बा समूहका अध्यक्ष शङ्करलाल अग्रवाल, जगदम्बा इन्टरप्राइजेजका निर्देशकहरु अनिल रुंगटा, विशाल पटवारी तथा सद्भावना दूतद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले जगशक्ति गोल्ड टीएमटी बार सार्बजनिक गरेका हुन् ।
कार्यक्रममा धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा बनाउन लागेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न जगशक्ति गोल्ड बारको प्रतिमेटिक टन बिक्रीबाट जगदम्बा इन्टरप्राइजेजले २० रुपैयाँ उपलब्ध गराउने निर्देशक रुंगटाले घोषणा गरे । उक्त सहयोग २ वर्षसम्म उत्पादन हुने जगशक्ति गोल्ड छडको बिक्रीबाट उपलब्ध गराइने छ ।
कार्यक्रममा सद्भावना दूत धुर्मुसले आफूले घोषणा गरेको रङ्गशाला निर्माण गर्न सबैसँग सहयोगको आग्रह गरे । उनले अत्याधुनिक प्रविधिबाट उत्पादित जगशक्ति गोल्ड छडको सद्भावना दूत बनेर राष्ट्र निर्माणमा जोडिन पाउँदा खुसी लागेको बताए । कार्यक्रममा भारतको चर्चित टाटा स्टिलमा काम गरिसकेका तथा कम्पनीका वरिष्ठ प्राविधिक परामर्शदाता एस राजामनीले सल्फर र फसफोरसजस्ता अशुद्ध तत्त्वलाई शून्य दशमलव ०६ भन्दा कम भएका फे ५०० डी श्रेणीका टीएमटी छड परम्परागत प्रणालीबाट उत्पादित बारभन्दा उच्च गुणस्तरीय हुने बताए ।
यसलाइ उत्पादन गर्दा उच्च नियन्त्रण भएको थर्मो केमिकल ट्रिटमेन्टबाट बनाइने हुँदा डी श्रेणीका छडहरू भूकम्प प्रतिरोधात्मक र यान्त्रिक रूपमा पूर्ण सक्षम हुन्छन् ।
जगदम्बा इन्टरप्राइजेजले विभिन्न प्रकारका कालो पाइप, जीआई (फलामे) पाइप, विद्युतीय पोल, सटर प्रोफाइलका साथै स्ट्रक्चरल पुल, ट्रससमेत उत्पादन तथा जडान गर्दै आएको छ ।