मेगा बैंक धादिङको ज्वालामुखीमा

राजधानीबाट नजिकै भएर पनि अहिलेसम्म ज्वालामुखी गाउँपालिकामा वाणिज्य बैंक पुगेको थिएन । मेगाको शाखा खुलेपछि स्थानीय जनताको वित्तीय अवस्था र जीवनस्तरमा परिवर्तन आउने गाउँपालिकाका अध्यक्ष तिमिल्सिनाले बताए ।

काठमाडौं । मेगा बैंकले धादिङको ज्वालामुखी गाउँपालिकामा शाखा विस्तार गरेको छ । ज्वालामुखी शाखाको सोही गाउँपालिकाका अध्यक्ष बिनोदराज तिमिल्सिनाले उद्घाटन गरेका छन् । ज्वालामुखीमा पहिलोपटक वाणिज्य बैंकको शाखा खुलेको हो ।

राजधानीबाट नजिकै भएर पनि अहिलेसम्म ज्वालामुखी गाउँपालिकामा वाणिज्य बैंक पुगेको थिएन । मेगाको शाखा खुलेपछि स्थानीय जनताको वित्तीय अवस्था र जीवनस्तरमा परिवर्तन आउने गाउँपालिकाका अध्यक्ष तिमिल्सिनाले बताए ।

प्रबन्धक आत्मराम दवाडीका अनुसार शाखामा १ हजार ५०० जनाले खाता खोली कारोबार शुरु गरिसकेका छन् । एकैदिन १४ करोड रुपैयाँ निक्षेप संकलन र २ करोड रुपैयाँ ऋण प्रवाह भइसकेको दवाडीले जानकारी दिए ।

योसँगै धादिङमा मेगाको तीनवटा शाखा भएको छ । मेगा बैंकले यस अघिदेखि नै धादिङबेशी र मलेखुमा शाखा विस्तार गरी बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।

मेगा बैंकका देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, ८५ वटा एटीएम सञ्जाल, ११९ वटा शाखारहित केन्द्रहरु र २ हजार ३०० भन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।