आरपी ग्रुपले फेसनेबल कपडा, जुत्ता, ब्याग, पर्स, बेल्टलगायतका वस्तु बेच्दै आएको थियो । अबदेखि एपी ब्रान्डका फुटवेयर पनि बेच्न लागेको हो । उक्त ब्रान्ड क्यानेडियन हो ।
काठमाडौं : आरपी ग्रुपले एपी ब्रान्डका क्यानेडियन फुटवेयर एन्ड एसोसेरिज नेपाल भित्र्याएको छ । ग्रुपले ललितपुरको जावलाखेलमा सोरुम खोलेको हो ।
आरपी ग्रुपले फेसनेबल कपडा, जुत्ता, ब्याग, पर्स, बेल्टलगायतका वस्तु बेच्दै आएको थियो । अबदेखि एपी ब्रान्डका फुटवेयर पनि बेच्न लागेको हो । उक्त ब्रान्ड क्यानेडियन हो ।
आरपी ग्रुपका प्रबन्ध निर्देशक रुपेश पाण्डेका अनुसार एपी ब्रान्डका हरेक सामानमा एक वर्षको वारेन्टी छ । त्यसैगरी ग्रुपले २५ माघसम्म ग्राहकलाई १० प्रतिशत छुटमा सामान बेच्ने बताएको छ ।
ब्रान्डेड वस्तुमा युवापुस्ताको आकर्षण बढदै गइरहेका बेला सञ्चालनमा ल्याइएको अन्तर्राष्ट्रिय ब्रान्ड एपीका सामानले छोटो अवधिमै नेपाली बजारमा राम्रो उपस्थिति जनाउने ग्रुपको दाबी छ ।
उच्च क्वालिटीका सामान बेच्ने उद्देश्यअनुसार अन्तर्राष्ट्रिय ब्रान्डसँग सहकार्य गरेर सामान ल्याएको उनको भनाइ छ ।
त्यसैगरी आगामी ६ महिनाभित्र काठमाडौंको दरबारमार्ग पूर्वको इटहरी र पश्चिमको पोखरामा सोरुम खोल्ने ग्रुपको लक्ष्य छ ।
आरपी ग्रुपका दामिलानो, इन्डियन टेरेन, लुइस फिलिप, डब्लु ओरेलिया, डेल जिन्स, सेलियोलगायतका अन्तर्राष्ट्रिय ब्रान्डका सोरुम हाल सञ्चालित छन् ।