बजाज एक करोड बाइक बेच्ने पहिलो ग्लोबल ब्रान्ड

काठमाडौं । बजाज मोटरसाइकल एक करोड बाइक बेच्ने पहिलो ग्लोबल ब्रान्ड बनेको छ । नेपालमा मात्र नभएर संसारमा ३० भन्दा बढि देशका ग्राहकहरुको पल्सरप्रतिको लगावकै कारण १० मिलियन सेल्स रेकर्ड बनाउने पहिलो ग्लोबल ब्राण्ड बन्न पुगेको छ । यो पल्सरका लागि निकै ठूलो उपलब्धी हो ।

आधुनिक डिजाइन र उच्च प्रदर्शन, एचएच बजाज मार्फत सहज पहुँचले गर्दा ८८ (सेल्स, सर्भिस र स्पेयर) डिलर र २ सय ५० भन्दा बढि सेवासहितका स्पेयर सेन्टरले गर्दा पल्सरले अन्य बाइक भन्दा बढि लोकप्रियता कमायो ।

वर्षौदेखि पल्सरले निरन्तर कडा प्रतिस्पर्धा गर्दै प्रतिद्वन्दीभन्दा केहि भिन्न पहिचान बनाउन सफल भयो । सन् २०१८ पल्सरका लागि निकै उत्कृष्ट वर्ष रह्यो । किनभने यसले पावरफुल र आधुनिक पल्सर एनएस १६० टिडी र पल्सर १५० टिडी बजारमा ल्याएको थियो । यो पल्सरका लागि नेपाल र भारतमा सफलता र नेतृत्वको अविश्वासनीय यात्रा समेत रहन पुग्यो ।

बजाजले हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि (एचएच बजाज, बजाज मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक) को सहकार्यमा २००२ मा पल्सरको उद्घाटन गरेको थियो, जुन नेपाली लाखौँ राइडरका लागि प्रेरणादायी बन्न पुग्यो ।

यो नेपाली बाइकर्सका लागि एउटा नँया यूगको शुरुवात मात्र थियो । नेपालको जनसंख्यामा आधा भन्दा बढि हिस्सा ओगटेका यूवाहरु पल्सर प्रति आकर्षित भए । भौगोलिक हिसाबले हिमाल, पहाड र तराईमा विभाजन भएकौ कारण पनि २ पाङग्रे सवारी साधनको सम्भाव्यता बढि रहेको नेपालमा यूवाहरुले पल्सरलाई निकै रुचाए । भारतीय बजारमा सन् २००१ मा प्रवेश गरेको थियो ।

पल्सर रोमाञ्चक अनुभव बटुल्न, उत्साह बढाउन र बाइकिङको मज्जा उठाउने उद्देश्यले डिजाइन गरिएको थियो । यसले बाइक चालकहरुको मन जित्न सजिल्लै जित्न सफल भयो र प्यासोनेट राइडरको वृद्धि गर्न अहं हिस्सा बन्यो ।