आईएमईका व्यावसायिक साझेदार यूएई भ्रमणमा

बजार एवम् व्यवसायको आकार र भौगोलिक अवस्थितिका आधारमा व्यावसायिक साझेदारलाई निश्चित लक्ष्य तोकी विभिन्न समूहमा वर्गीकरण गरिएको थियो । मूल्याङ्कन अवधिमा उत्कृष्ट कारोबार गरी लक्ष्य प्राप्त गर्न सफल प्रत्येक समूहबाट एकएक गरी १० जनालाई यूएई भ्रमणमा पठाइएको हो ।

गत आर्थिक वर्षका पछिल्लो ६ महिनामा व्यावसायिक साझेदारले गरेको रेमिट्यान्स कारोबारका आधारमा आईएमई लिमिटेडले आफ्ना १० व्यावसायिक साझेदारलाई यूएईको १० दिवसीय भ्रमण गराएको छ । बजार एवम् व्यवसायको आकार र भौगोलिक अवस्थितिका आधारमा व्यावसायिक साझेदारलाई निश्चित लक्ष्य तोकी विभिन्न समूहमा वर्गीकरण गरिएको थियो । मूल्याङ्कन अवधिमा उत्कृष्ट कारोबार गरी लक्ष्य प्राप्त गर्न सफल प्रत्येक समूहबाट एकएक गरी १० जनालाई यूएई भ्रमणमा पठाइएको हो ।

गत मङ्सिरमा आफ्ना १० जना व्यावसायिक साझेदारलाई आईएमईले रारा ताल भ्रमण गराएको थियो । आठ दिवसीय उक्त भ्रमणमा आर्थिक वर्ष २०७३÷७४ मा दिइएको व्यावसायिक साझेदारमुखी व्यापार प्रवद्र्घनात्मक कार्यक्रमअन्तर्गत १० व्यावसायिक साझेदार छनोट गरिएको थियो ।