माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १६ रुपैयाँ घटेको छ । गत साता अपर तामाकोसीको सेयर प्रतिकित्ता २७४ रुपैयाँमा कारोबार भएकोमा यो साता घटेर २५८ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जनाएको छ । कारोबार सुरु भएपछि उकालो लागेको सेयर मूल्य अहिले ओरालो लाग्न थालेको छ ।
काठमाडौँ । सेयर बजार निरन्तर गिरावट आएपछि माथिल्लो तामाकोसीको बजार पुँजीकरण पनि घटेको छ । एक साताको अवधिमा माथिल्लो तामाकोसीका लगानीकर्ताले १ अर्ब ७० करोड रुपैयाँ गुमाएका छन् ।
एक साताको अवधिमा माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १६ रुपैयाँ घटेको छ । गत साता अपर तामाकोसीको सेयर प्रतिकित्ता २७४ रुपैयाँमा कारोबार भएकोमा यो साता घटेर २५८ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जनाएको छ । कारोबार सुरु भएपछि उकालो लागेको सेयर मूल्य अहिले ओरालो लाग्न थालेको छ ।
अघिल्लो साता तामाकोसीको सेयर मूल्यमा गिरावट आएपछि बजार पुँजीकरण पनि झण्डै ४ अर्ब रुपैयाँ घटेको छ । सेयर मूल्य उकालो लागेपछि अपर तामाकोसीको बजार पूँजीकरण ३२ अर्ब ९३ करोड ४९ लाख रुपैया पुगेकोमा गत साता ३ अर्ब ९१ करोड ८३ लाख रुपैयाँ घटेर २९ अर्ब १ करोड ६६ लाख रुपैयाँमा सीमित भएको थियो ।
गत पुस २९ गतेदेखि दोस्रो बजारमा सो कम्पनीको सेयर कारोबार शुरु भएको हो । कम्पनीको १० करोड ५९ लाख कित्ता सेयर नेप्सेमा कारोबारका लागि सूचीकरण भएको छ । दोस्रो बजारमा तामाकोसीको सेयर कारोबार गत पुस २९ गते आइतबारदेखि प्रतिकित्ता २२४ रूपैयाँमा खुलेको थियो ।
१ अर्ब २९ करोडको कारोवार
धितोपत्र बजारमा यस साता कूल १६८ कम्पनीको ४४ लाख ६६ हजार ५६८ कित्ता सेयर १ अर्ब २९ करोड ३६ लाख ४९ हजार ७३७ रुपैयाँमा खरीद बिक्री भएका छन् । नेप्सेका अनुसार कारोबार मापक नेप्से परिसूचक समेत यस साता सामान्य अङ्कले घटेको छ । साताको पहिलो दिन कारोवार मापक नेप्से परिसूचक ११.८४ विन्दुले घटेर एक हजार १६०.९३ विन्दुमा झरेको थियो। नेप्सेका अनुसार सो दिन कूल १६३ कम्पनीको १० लाख ७९ हजार ५८० कित्ता सेयर ३० करोड ३० लाख ३६ हजार ८८८ रुपैयाँमा खरीद बिक्री भए ।
यस्तै साताको दोस्रो दिन कारोबार मापक नेप्से परिसूचक २.७९ विन्दुले बढेर एक हजार १६४.८९ विन्दुमा पुग्यो । सो दिन कूल १६५ कम्पनीको ८ लाख ७१ हजार ८२८ कित्ता सेयर २२ करोड ४३ लाख १६ हजार ५२७ रुपैयाँमा खरीद बिक्री भएको थियो ।
साताको तेस्रो दिन कारोवार मापक नेप्से परिसूचक ३.८९ विन्दुले घटेर एक हजार १६०.९९ विन्दुमा झरेको थियो । सो दिन कूल १६३ कम्पनीको १० लाख ३५ हजार ७१ कित्ता सेयर ३० करोड ८ लाख १४ हजार ३८७ रुपैयाँमा खरीद बिक्री भए ।
बुधबार कारोवार मापक नेप्से परिसूचक ०.४ विन्दुले घटेर १ हजार १६०.५९ विन्दुमा कायम रह्यो । सो दिन कूल १६८ कम्पनीको ५ लाख ७२ हजार ७७५ कित्ता सेयर १९ करोड २० लाख ९४ हजार ४९२ रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै साताको अन्तिम दिन बिहिबार कूल १६८ कम्पनीको ९ लाख ७ हजार ३१४ कित्ता सेयर २७ करोड ३३ लाख ८७ हजार ४४३ रुपैयाँमा खरिद बिक्री भयो ।