सधैँजस्तै गत साता पनि नेपाल दूरसञ्चार कम्पनी बजार पुँजीकरणका आधारमा शीर्ष स्थानमा छ । सो कम्पनीको बजार पुँजीकरण १ खर्ब ९ अर्ब ३५ करोड रुपैयाँ छ ।
काठमाडौ । बजार पुँजीकरणका आधारमा यस साता वाणिज्य बैङ्क नै अग्रस्थानमा छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लिमिटेडका अनुसार उत्कृष्ट बजार पुँजीकरण भएका १० कम्पनीमध्ये ८ वटा त वाणिज्य बैङ्क नै छन् । यस्तै नेपाल टेलिकम शीर्ष स्थानमा रहँदा एक बिमा कम्पनीले पनि बजार पुँजीकरणका आधारमा आफूलाई अब्बल साबित गरेको छ । सेयर बजार घटेपछि नेप्सेमा सूचीकृत कम्पनीको पुँजीकरणमा पनि गिरावट आएको छ ।
सधैँजस्तै गत साता पनि नेपाल दूरसञ्चार कम्पनी बजार पुँजीकरणका आधारमा शीर्ष स्थानमा छ । सो कम्पनीको बजार पुँजीकरण १ खर्ब ९ अर्ब ३५ करोड रुपैयाँ छ ।
यस्तै नबिल बैङ्क बजार पुँजीकरणका आधारमा दोस्रो नम्बरमा छ । सो बैङ्कको ६७ अर्ब ६० करोड ४६ लाख रुपैयाँ बजार पुँजीकरण छ । त्यस्तै नेपाल इन्भेस्टमेन्ट बैङ्कको ६६ अर्ब ८२ करोड ८८ लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४७ अर्ब ८३ करोड ८५ करोड रुपैयाँ छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको ४५ अर्ब २६ करोड ६४ लाख बजार पुँजीकरण हुँदा एभरेष्ट बैङ्कको ४२ अर्ब ६ करोड रुपैयाँ छ । हिमालयन बैङ्कको ३८ अर्ब १७ करोड, एनआइसी एसिया बैङ्कको ३४ अर्ब ५४ करोड, नेपाल एसबीआइ बैङ्कको ३२ अर्ब १९ करोड र एनएमबी बैङ्कको ३० अर्ब ४८ करोड रुपैयाँ बजार पुँजीकरण छ ।
बजार पुँजीकरणका शीर्ष १० स्थानमा उक्लेको माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी विगत केही सातादेखि भने पछाडि परेको छ । यस्तै नेप्सेमा नागरिक लगानी कोष, महालक्ष्मी विकास बैङ्क र पोखरा फाइनान्स कम्पनीको बोनस सेयर सूचीकृत भएका छन् । कोषको ४ लाख ८ हजार २२५ कित्ता, महालक्ष्मीको २१ लाख ७ हजार ३७ कित्ता र पोखरा फाइनान्सको १९ लाख ९२ हजार २८९ कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।