निगमले शनिबार राती १२ बजे पछि लागु हुने गरी पेट्रोलको प्रतिलिटर १ सय १० , डिजेल र मट्टितेलको ९७ रुपैया कायम गरिएको जनाएको छ ।
काठमाडौ : नेपाल आयल निगमले पेट्रोल र डिलेजलमा २ रुपैया मुल्य बढाएको छ । निगमले शनिबार राती १२ बजे पछि लागु हुने गरी पेट्रोलको प्रतिलिटर १ सय १० , डिजेल र मट्टितेलको ९७ रुपैया कायम गरिएको जनाएको छ ।
ईण्डियन आयल कर्पोरेशनबाट साविकको १६ जनवरी २०१९ को मूल्यमा पेट्रोलमा २ रुपैया २५ पैसा,डिजेलमा ४ रुपैया २८ पैसा प्रतिलिटर बढेर आएको कारण मूल्य बढाएको निगमको भनाइ छ ।
सर्वसाधरण उपभोक्ता हित तथा देशको आर्थिक बृद्धिदरलाई ध्यानमा राखि पेट्रोलियम पदार्थको मूल्य १६ जनवरीबाटै तेलको भाउँ बढेर आएको भएपनि हालसम्म मूल्य समायोजन नगरेको निगमले जनाएको छ ।
नयाँ प्राप्त मूल्य बमोजिम एल.पि.ग्यासमा निगमलाई अझै प्रति सिलिण्डर ३२ रुपैया ६८ पैसा घाटा रहेको जनाएको छ । यसरी मूल्य समायोजन गरे पश्चात पनि निगमलाई समग्रमा पाक्षिक करिब १ अर्ब १६ करोड नाफा भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।