‘एक्सचेन्जमा दम छ, एक्साइटमेन्ट फुल अन छ’ भन्ने नाराका साथ अटोमोबाइल ग्राहकलाई ध्यानमा राखेर आयोजना गरिएको यो कार्निभलमा पुरानो कार प्रयोगकर्ताले रेनोको नयाँ कारका साथमा एक्सचेन्ज गर्न सक्नेछन् ।
नेपालमा रेनोको आधिकारिक वितरक एडभान्स अटोमोबाइल प्रालिले रेनो कारप्रेमीका लागि माघ ७ देखि १४ गतेसम्म नेपालभर रेनो एक्सपेरियन्स मेला सञ्चालन गरेको छ । ‘एक्सचेन्जमा दम छ, एक्साइटमेन्ट फुल अन छ’ भन्ने नाराका साथ अटोमोबाइल ग्राहकलाई ध्यानमा राखेर आयोजना गरिएको यो कार्निभलमा पुरानो कार प्रयोगकर्ताले रेनोको नयाँ कारका साथमा एक्सचेन्ज गर्न सक्नेछन् ।
रेनोको क्विड, डस्टर र लजी मोडलमा एक्सचेन्ज उपलब्ध छ । अभियानले ग्राहकलाई एक लाख रुपैयाँसम्मको एक्स्चेन्ज बोनस अफर, २ वर्षसम्मका लागि फ्रि सर्भिसिङ, एक वर्षका लागि बिमा, निःशुल्क एसोसोरिज, एक आर्थिक वर्षभरका लागि सडक कर फ्री, स्पट फाइनान्स, तुरुन्त मूल्याङ्कन र एक्सचेन्ज, आकर्षक नगद छुट (क्यास डिस्काउन्ट) लगायत सेवा उपलब्ध गराएको छ ।