ठूला करछली मुद्दा प्रधानन्यायाधीश राणाले हेर्दै, भाटभटेनी सुपरमार्केट र लक्ष्मी बैङ्कलगायत ४ कम्पनीको २० अर्बको मुद्दा पेसीमा

सोमबार न्यायाधीश सपना प्रधान मल्ल र प्रधानन्यायाधीश राणाको संयुक्त इजलासले भाटभटेनी सुपरमार्केट, लक्ष्मी बैङ्क, पूर्वाञ्चल डिस्टिलरी प्रालि, बायोटेक इन्डष्ट्रिज प्रालिलगायतका मुद्दा पेसीमा राखेका छन् ।

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले ठूला कर छलीसम्बन्धी मुद्दा आफैले हेर्न थालेका छन् । प्रधानन्यायाधीश राणाले अर्ब रुपैयाँ कर छलीसम्बन्धी मुद्दालाई उच्च प्राथमिकताका साथ आफैंले हेर्न थालेका हुन् ।

सोमबार न्यायाधीश सपना प्रधान मल्ल र प्रधानन्यायाधीश राणाको संयुक्त इजलासले भाटभटेनी सुपरमार्केट, लक्ष्मी बैङ्क, पूर्वाञ्चल डिस्टिलरी प्रालि, बायोटेक इन्डष्ट्रिज प्रालिलगायतका मुद्दा पेसीमा राखेका छन् । ४ वटा कम्पनीले करिब २० अर्ब रुपैयाँ बराबरको करछली गरेको आरोप लागेको छ ।

ठूला करदाता कार्यलयले भाटभटेनी सुपरमार्केट विरुद्ध करछलीको मुद्दा दायर गरेको थियो । व्यावसायिक प्रतिष्ठानले अर्बैा रुपैयाँ करछली गरेको मुद्दा सुनुवाइका लागि उनले आफ्नै नेतृत्वको इजलास गठन गरेपछि सुनुवाइ सुरु भएको हो ।

यसैगरी अघिल्लो साता मोबाइल सेवा प्रदायक एनसेल प्राइभेट लिमिटेडले कम्पनी विदेशमा भएको ६३ अर्ब रुपैयाँ बढी बिक्रीको लाभ कर छलेको मुद्दा पूर्ण इजलास गठन गरेर उनी आफैले हेरेका छन् । अघिल्लो सातादेखि एनसेल मुद्दाकाे सुनुवाइ सुरु भएको छ ।