फागुन अन्तिम साताबाट नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला, स्टल बुकिङ खुला

मेलाको मुख्य आकर्षणमा हस्तकलाका उत्पादनहरू, एनटीआइएस प्रोडक्ट रहनेछन् । मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तास“ग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्यसमेत छ । मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवम् व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माणसम्बन्धी, शिक्षा, औषधि, फलाम तथा स्टिल, सवारीसाधन आदिका छुट्टाछुट्टै स्टल रहनेछन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घले फागुन २४ गतेदेखि अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने भएको छ । महासङ्घले मेलाका लागि स्टल बुकिङ खुलासमेत गरिएको छ । नेपाल सरकार÷वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धनमा ललितपुर उद्योग वाणिज्य सङ्घ र नेपाल हस्तकला महासङ्घको सहआयोजनामा क्यालेन्डर इभेन्टका रूपमा उक्त मेला आयोजना हुन लागेको हो । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला–२०१८ सातौं संस्करण हो ।

तीन सयभन्दा बढी स्टलमार्फत मेलामा स्वदेशी एवम् विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिनेछ । साथै नेपालसहित सार्क मुलुक, चीन, थाइल्यान्ड, मलेसियालगायतका देशहरूको सहभागिता रहनेछ ।

मेलाको मुख्य आकर्षणमा हस्तकलाका उत्पादनहरू, एनटीआइएस प्रोडक्ट रहनेछन् । मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तास“ग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्यसमेत छ । मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवम् व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माणसम्बन्धी, शिक्षा, औषधि, फलाम तथा स्टिल, सवारीसाधन आदिका छुट्टाछुट्टै स्टल रहनेछन् ।

मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय व्यावसायिक सम्बन्ध विस्तारमा एक महत्वपूर्ण कडीका रुपमा हेरिएको छ । मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरूस“ग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानी वारे छलफलसमेत हुनेछ । यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब २ लाख अवलोकनकर्ताले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।

महासङ्घकै नेतृत्वमा यस वर्ष अघिल्लो वर्षहरूमा जस्तै मुलुकभित्र प्रादेशिक, जिल्लास्तर एवम् वस्तुगत गरी करिब ३० देखि ४० ओटा मेला विभिन्न भागमा आयोजना हु“दै आएका छन् । केही मेला सम्पन्न भइसकेका छन् भने केही तयारीको चरणमा छन् ।
राष्ट्रिय अन्तर्राष्ट्रिय तहमा पहिचान बनाइसकेको मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्न, नेपाली उत्पादनहरूको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पु¥याउने महासङ्घको आशा छ ।