नेपाल टेलिकमले १५ वर्ष पूरा गरेर १६ वर्ष प्रवेश गरेको उपलक्षमा मंगलबारदेखि प्रिपेड मोबाइलमा पनि अन्तराष्ट्रिय रोमिङ कल सेवा सुरु गरेको हो । सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रिपेड रोमिङको सेवा कार्यक्रममै शुभारम्भ गरे ।
काठमाडौं । नेपाल टेलिकमको प्रिपेड फोन सेवा नेपालबाहिर पनि चल्ने भएको छ । अहिलेम्म पोष्टपेड मोबाइलमात्र विदेशमा रोमिङ हुने भएपनि अबदेखि प्रिपेड सेवा पनि सुरु हुने भएको हो ।
नेपाल टेलिकमले १५ वर्ष पूरा गरेर १६ वर्ष प्रवेश गरेको उपलक्षमा मङ्गलबारदेखि प्रिपेड मोबाइलमा पनि अन्तर्राष्ट्रिय रोमिङ कल सेवा सुरु गरेको हो । सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रिपेड रोमिङ सेवा कार्यक्रममै शुभारम्भ गरे ।
पोष्टपेडमा धरौटी राखेर रोमिङ सेवा लिएपनि प्रिपेडका उपभोक्ताले धरौटी नराखी रोमिङ सेवा प्रयोग गर्न पाउने टेलिकमले जनाएको छ ।