प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित न्यायधीश मीरा खड्का, विश्म्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको पूर्ण संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ ।
काठमाडौं । मोबाइल सेवा प्रदायक एनसेल प्राइभेट लिमिटेडले ६० अर्ब रुपैयाँ लाभ कर छलेको मुद्दाको मङ्गलबार सुनुवाइ भइरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित न्यायधीश मीरा खड्का, विश्म्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको पूर्ण संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ ।
प्रधानन्यायाधीश राणाले अघिल्लो साता एनसेल बिक्री भएको ६३ अर्ब रुपैयाँ बढी बिक्रीको लाभ कर छलेको मुद्दा पूर्ण इजलास गठन गरेर उनी आफैले हेर्न थालेका हुन् । अघिल्लो सातादेखि एनसेल मुद्दाको सुनुवाइ सुरु भएको छ । ठूला करदाता कार्यालयले एनसेल र उसको माउ कम्पनी रेनल्ड होल्डिङ्स लिमिटेडले बिक्रीबापत लाभकर छलेको विरुद्धमा मुद्दा दायर गरिएको हो ।
पछिल्लो समयमा प्रधानन्यायाधीश राणाले ठूला कर छलीसम्बन्धी मुद्दा आफैले हेर्न थालेका छन् । प्रधानन्यायाधीश राणाले ठूला कर छलीसम्बन्धी मुद्दालाई उच्च प्राथमिकताका साथ आफैंले हेर्न थालेका हुन् ।