निर्माण क्षेत्रमा नयाँ प्रविधिका सामान भित्र्याउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउने तथा नेपालमा उपलब्ध सामग्री तथा प्रविधिहरु विदेशी संस्थाहरुका सामु देखाउने प्रदर्शनीको उद्देश्य भएको बताइएको छ ।
काठमाडौं । नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०१९ हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि नेपाल र फ्युचर ट्रेड फेयर एन्ड इभेन्ट प्रालि भारतले संयुक्तरुपमा माघ २५ देखि २७ गतेसम्म काठमाडौंको भृकृटीमण्डपमा प्रदर्शनीको आयोजना गर्न लागेका हुन् ।
निर्माण क्षेत्रमा नयाँ प्रविधिका सामान भित्र्याउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउने तथा नेपालमा उपलब्ध सामग्री तथा प्रविधिहरु विदेशी संस्थाहरुका सामु देखाउने प्रदर्शनीको उद्देश्य भएको बताइएको छ ।
यो प्रदर्शनीको पाँचौं संस्करण हो । प्रदर्शनीमा संसारका विभिन्न देशका ३ सयभन्दा बढी ख्यातिप्राप्त ब्रान्डका एक सय ५० भन्दा बढी स्टल रहने छन् । निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरुका बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिका बारे जानकारी गराउन यो प्रदर्शनी ४ वर्षदेखि कोसेढुङ्गा साबित हुँदै आएको छ ।
प्रदर्शनीमा निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्री हुनेछन् । नेपालमा हाल भइरहेको समग्र निर्माण क्षेत्रको विकास, पुनर्निर्माण तथा आधुनिकीकरणमा टेवा पु¥याउने विश्वास आयोजकले लिएको छ ।
प्रदर्शनीमा घर बनाउन चाहने व्यतिm, आम नागरिकका साथसाथै निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियर, कन्ट्रयाक्टर, बिल्डर तथा इन्टेरियर डिजाइनरहरुको सहभागिता रहने छ ।